पुस २६, २०८२ आइतबार | ०२:२५:२७
केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे

यमनविरुद्ध खेल्न खेलाडी मनोवैज्ञानिक रुपमा तयार छन्ः कप्तान किरण

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बुले यमन विरुद्ध खेल्न खेलाडी मनोवैज्ञानिक रुपमा तयार रहेको बताएका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले यमनको सामना गर्दैछ । फिफा र एएफसीको प्रारम्भिक संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले समूह ‘एच’ अन्तर्गत यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेलअघिको प्रि म्याच कन्फरेन्समा बोल्दै किरणले तयारीका बारेमा बताएका हुन् ।

पहिलो खेलमा युएईविरुद्ध सम्मानजन प्रदर्शन गरेकाले तुलानात्मक रुपमा कमजोर मानिएको नेपाललाई मंगलबार जित्नै पर्ने दबाब रहेको भएतापनि टोली मनोवैज्ञानिक रुपमा तयार रहेको किरणले बताए ।

‘हामीले युएईविरुद्धको खेल दिमागमा राखेका छैनौं । हामीले त्यस खेल बिर्सिसकेका छौं । नेपाल फर्केपछि गरेको अभ्यास राम्रो भएको छ । खेलाडीहरु मनोवैज्ञानिक रुपमा बलिया छन् र यमनविरुद्ध खेल्न तयार छन्,’ किरणले भने, ‘घरेलु मैदानमा खेल्न पाउँदा सबैजना उत्साहित छन् । जित्नैपर्ने दबाब पनि छ । अर्को चरणमा जाने हो भने भोलिको खेल एकदमै महत्वपूर्ण छ । पछिल्लो खेल जस्तै यसपाली पनि समर्थकहरु रंगशाला पुग्नेमा आशावादी छु ।’

त्यस्तै टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नयाँ खेलाडीको बाहुल्यता रहेपनि यमनविरुद्ध तीन अंकका लागि खेल्ने बताए । ‘युएईसँगको खेलपछि टोलीको तयारी राम्रो भएको छ । पछिल्लो खेलमा धेरै गल्तीहरु भए । भोलि हामी अंक चाहान्छौं त्यसैले उच्च स्तरको प्रदर्शन गर्नेछौं । खेलाडीहरु फिट छन् । घरेलु भूमीमा समर्थकबीच हामी खेलको मजा लिनेछौं,’ एनेसले भने, ‘सबैलाई थाहा नै छ, यसपाली हामीसँग धेरै नयाँ खेलाडी छन् । यमनसँग पहिलो रोजाईमा को को पर्नेछ, त्यसले पनि नतिजामा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

बिहीबार भएको दोस्रो चरणको पहिलो खेलमा नेपाल र यमन दुबै आ-आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४-० ले पराजित हुँदा यमनले बहराइनविरुद्ध २-० को हार ब्यहोरेको थियो ।

समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् । त्यसैले पनि  कमजोर मानिएका नेपाल र यमनका लागि मंगलबार हुने खेल निकै महत्वपूर्ण रहनेछ ।

युएईविरुद्ध पहिलो हाफमा चोट बोक्न पुगेका मिडफिल्डर लाकेन लिम्बु यमनविरुद्ध अनुपस्थित रहनेछन् । चोटकै कारण युएईविरुद्धको खेल गुमाएका रक्षक अनन्त तामाङको पुनारागमनले भने टोलीलाई केही राहत मिलेको छ ।

खेल नेपाली समय अनुसार साँझ ७ बजे  हुनेछ । एन्फाले यमनविरुद्ध टिकट मुल्य समेत निर्धारण गरिसकेको छ । साधारण प्यारापिटतर्फ चार सय रुपैँया र भिआईपी प्यारापिटतर्फ एक हजार रुपैँया तोकेको छ । एन्फाले राति खेल भएको हुँदा समर्थकको लागि तत्काल २५ बसको ब्यवस्था गरेको छ । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||