चैत्र ६, २०८२ शुक्रबार | ००:३४:२२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

यमनविरुद्ध खेल्न खेलाडी मनोवैज्ञानिक रुपमा तयार छन्ः कप्तान किरण

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बुले यमन विरुद्ध खेल्न खेलाडी मनोवैज्ञानिक रुपमा तयार रहेको बताएका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले यमनको सामना गर्दैछ । फिफा र एएफसीको प्रारम्भिक संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले समूह ‘एच’ अन्तर्गत यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेलअघिको प्रि म्याच कन्फरेन्समा बोल्दै किरणले तयारीका बारेमा बताएका हुन् ।

पहिलो खेलमा युएईविरुद्ध सम्मानजन प्रदर्शन गरेकाले तुलानात्मक रुपमा कमजोर मानिएको नेपाललाई मंगलबार जित्नै पर्ने दबाब रहेको भएतापनि टोली मनोवैज्ञानिक रुपमा तयार रहेको किरणले बताए ।

‘हामीले युएईविरुद्धको खेल दिमागमा राखेका छैनौं । हामीले त्यस खेल बिर्सिसकेका छौं । नेपाल फर्केपछि गरेको अभ्यास राम्रो भएको छ । खेलाडीहरु मनोवैज्ञानिक रुपमा बलिया छन् र यमनविरुद्ध खेल्न तयार छन्,’ किरणले भने, ‘घरेलु मैदानमा खेल्न पाउँदा सबैजना उत्साहित छन् । जित्नैपर्ने दबाब पनि छ । अर्को चरणमा जाने हो भने भोलिको खेल एकदमै महत्वपूर्ण छ । पछिल्लो खेल जस्तै यसपाली पनि समर्थकहरु रंगशाला पुग्नेमा आशावादी छु ।’

त्यस्तै टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नयाँ खेलाडीको बाहुल्यता रहेपनि यमनविरुद्ध तीन अंकका लागि खेल्ने बताए । ‘युएईसँगको खेलपछि टोलीको तयारी राम्रो भएको छ । पछिल्लो खेलमा धेरै गल्तीहरु भए । भोलि हामी अंक चाहान्छौं त्यसैले उच्च स्तरको प्रदर्शन गर्नेछौं । खेलाडीहरु फिट छन् । घरेलु भूमीमा समर्थकबीच हामी खेलको मजा लिनेछौं,’ एनेसले भने, ‘सबैलाई थाहा नै छ, यसपाली हामीसँग धेरै नयाँ खेलाडी छन् । यमनसँग पहिलो रोजाईमा को को पर्नेछ, त्यसले पनि नतिजामा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

बिहीबार भएको दोस्रो चरणको पहिलो खेलमा नेपाल र यमन दुबै आ-आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४-० ले पराजित हुँदा यमनले बहराइनविरुद्ध २-० को हार ब्यहोरेको थियो ।

समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् । त्यसैले पनि  कमजोर मानिएका नेपाल र यमनका लागि मंगलबार हुने खेल निकै महत्वपूर्ण रहनेछ ।

युएईविरुद्ध पहिलो हाफमा चोट बोक्न पुगेका मिडफिल्डर लाकेन लिम्बु यमनविरुद्ध अनुपस्थित रहनेछन् । चोटकै कारण युएईविरुद्धको खेल गुमाएका रक्षक अनन्त तामाङको पुनारागमनले भने टोलीलाई केही राहत मिलेको छ ।

खेल नेपाली समय अनुसार साँझ ७ बजे  हुनेछ । एन्फाले यमनविरुद्ध टिकट मुल्य समेत निर्धारण गरिसकेको छ । साधारण प्यारापिटतर्फ चार सय रुपैँया र भिआईपी प्यारापिटतर्फ एक हजार रुपैँया तोकेको छ । एन्फाले राति खेल भएको हुँदा समर्थकको लागि तत्काल २५ बसको ब्यवस्था गरेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो