चैत्र १३, २०८२ शुक्रबार | ११:२०:०१
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

मैत्रीपूर्ण खेलमा काठमाडौंले वीरगंजलाई हरायो

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणको तयारीस्वरुप बिहीबार सम्पन्न मैत्रीपूर्ण खेलमा काठमाडौं रेजर्सले वीरगंज युनाइटेडलाई ३–२ ले पराजित गरेको छ ।

ललितपुरको लगनखेलस्थित बुद्धिविकास खेल मैदानमा भएको खेलमा काठमाडौंले वीरगंजलाई हराएको हो ।

एनएसएलको दोस्रो संस्करण यही मंसिर ८ गते शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्धघाटन खेलमा काठमाडौंले स्पोर्टिङ इलाम दि मेचीको सामना गर्नेछ । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

साविक विजेता काठमाडौंले दोस्रो संस्करणका लागि पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

हिसुब थपलिया मार्की खेलाडी रहेको काठमाडौंले उपाधि रक्षा लक्ष्यका साथ क्यामारुनका जुआन ओलिभर सिमो कुन्गुइ र जुनियर अनगुइने, घानाका स्टेफन अबेकु अक्वाह र उज्वेकिस्तानका महमुदजोजिएभ शोखरुख र कोडिरयोङ युग्ली टोजिडिनोभलाई क्लबमा भित्र्याइसकेको छ ।

गत सिजन विदेशी खेलाडीद्धय स्टेफन समिर बिनोङ र मेसुके ओलामाउको स्तरीय प्रदर्शनप्रेरित काठमाडौंले उपाधि जितेको थियो । त्यतिबेला टोली सम्हालेका बालगोपाल महर्जन यसपाली पनि प्रशिक्षकको जिम्मेवारीमा छन् ।

विरगंजले पनि पहिलो सिजनमै उपाधि जित्ने लक्ष्यका साथ पाँच विदेशी खेलाडीलाई क्लबमा भित्र्याएको छ ।

दीप कार्की मार्की खेलाडी रहेको वीरगंजले घानाका विलियम ओपेकु एइसेडो, आइकिन्स केइ बाफोर, हान्स क्वोफी र आबेड औसु तथा कङ्गोका सामाला जाजलाई अनुबन्ध गरेको छ । टोलीको प्रशिक्षण सनोज श्रेष्ठले सम्हाल्नेछन् ।

काठमाडौंको टोलीः
हिसुब थपलिया (मार्की), दीपेश गुरुङ, अन्जन राई, अभिषेक बराल, कुलदीप कार्की, राजिभ लोप्चन, अमित तामाङ, खमिर गिल्सन कान्दङ्वा, प्रशान्त अवस्थी, राजाबाबु थापा, मौसम सुब्बा, जियारथ शेख, महेन्द्र कार्की, सुशीलकुमार यादव, रोहन खड्गी, जुआन ओलिभर सिमो कुन्गुइ, स्टेफन अबेकु अक्वाह, जुनियर अनगुइने, महमुदजोजिएभ शोखरुख, कोडिरयोङ युग्ली टोजिडिनोभ

वीरगंजको टोलीः
दीप कार्की (मार्की), सुरज गुरुङ, विशोन गुरुङ, शत्रुधन चौधरी, सुनिल खड्का, तेज तामाङ (आइकोनिक), हरिसराज भट्ट, सुशिल लामा, सुभास लामा, सिमन्त थापा, जय गुरुङ, दीवाकर चौधरी, सुदिप गुरुङ, युवराज खड्का, दीपकराज  सिंह, विलियम ओपेकु एइसेडो, आइकिन्स केइ बाफोर, हान्स क्वोफी, आबेड औसु, सामाला जाज


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो