चैत्र १२, २०८२ बिहीबार | १७:३७:०५
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

हालान्डले महादेशीय प्रतियोगिता खेल्न अझै चार वर्ष कुर्नु पर्ने

काठमाडौं । विश्व फुटबलका स्टार खेलाडी एर्लिङ हालान्डले महादेशीय प्रतियोगिता (युरोपियन च्याम्पियनसिप) खेल्न अझै चार वर्ष कुर्नुपर्ने भएको छ ।

अर्को वर्ष जर्मनीमा आयोजना हुने युरोपियन च्याम्पियनसिप(युरोकप)मा हालान्डको नर्वे छनोट हुन असफल भएको हो ।

युरोकप छनोटको समूह ‘ए’मा रहेको नर्वेले अन्तर्राष्ट्रिय ब्रेकअघि युरोकपमा छनोट हुने झिनो सम्भावना बोकेको थियो । शनिबार समूह ‘आइ’मा इजरायलले रोमानियालाई पराजित गरेको भए नर्वेको सम्भावना जिवितै रहन्थ्यो । तर, रोमानियाले इजरायललाई २–१ ले हराएपछि नर्वेको ढोका बन्द भएको छ ।

रोमानिया शनिबार इजरायललाई हराएपछि शीर्ष स्थानमा रहँदै युरोकपमा छनोट भएको हुँदा गणितीय हिसाबमा नर्वे बाहिरिएको हो ।

समूहको तेस्रो रहेको इजरायलले अब समूह ‘जे’को बोस्नीया हर्जोगोभिनासँग प्लेअफमा खेल्नेछ ।

युरोपियन फुटबल महासंघ(युइएफए)को मान्यता प्राप्त ५३ देशलाई १० समूहमा विभाजन गरिएको थियो । जसमा समूहको शीर्ष २ टोलीले युरोकपमा स्थान बनाए । अन्य चार स्थानका लागि प्ले अफ खेलाइनेछ ।

प्ले अफमा पुग्ने टोलीको छनोट नेसन्स लिगमा गरेको प्रदर्शनका आधारमा भएको हो ।

नर्वेले आइतबार छनोटको अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।  घुँडामा चोट बोकेका कारण हालान्ड स्कटल्यान्डविरुद्ध उपस्थित हुने छैनन् ।

नर्वेले इतिहासमा एक मात्र युरोकप खेलेको छ । नेदरल्यान्ड्स र बेल्जियमले संयुक्त रुपमा आयोजना गरेको युरोकप २००० मा नर्वेले सहभागिता गरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो