माघ १७, २०८२ शनिबार | ११:२८:४१
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

हालान्डले महादेशीय प्रतियोगिता खेल्न अझै चार वर्ष कुर्नु पर्ने

काठमाडौं । विश्व फुटबलका स्टार खेलाडी एर्लिङ हालान्डले महादेशीय प्रतियोगिता (युरोपियन च्याम्पियनसिप) खेल्न अझै चार वर्ष कुर्नुपर्ने भएको छ ।

अर्को वर्ष जर्मनीमा आयोजना हुने युरोपियन च्याम्पियनसिप(युरोकप)मा हालान्डको नर्वे छनोट हुन असफल भएको हो ।

युरोकप छनोटको समूह ‘ए’मा रहेको नर्वेले अन्तर्राष्ट्रिय ब्रेकअघि युरोकपमा छनोट हुने झिनो सम्भावना बोकेको थियो । शनिबार समूह ‘आइ’मा इजरायलले रोमानियालाई पराजित गरेको भए नर्वेको सम्भावना जिवितै रहन्थ्यो । तर, रोमानियाले इजरायललाई २–१ ले हराएपछि नर्वेको ढोका बन्द भएको छ ।

रोमानिया शनिबार इजरायललाई हराएपछि शीर्ष स्थानमा रहँदै युरोकपमा छनोट भएको हुँदा गणितीय हिसाबमा नर्वे बाहिरिएको हो ।

समूहको तेस्रो रहेको इजरायलले अब समूह ‘जे’को बोस्नीया हर्जोगोभिनासँग प्लेअफमा खेल्नेछ ।

युरोपियन फुटबल महासंघ(युइएफए)को मान्यता प्राप्त ५३ देशलाई १० समूहमा विभाजन गरिएको थियो । जसमा समूहको शीर्ष २ टोलीले युरोकपमा स्थान बनाए । अन्य चार स्थानका लागि प्ले अफ खेलाइनेछ ।

प्ले अफमा पुग्ने टोलीको छनोट नेसन्स लिगमा गरेको प्रदर्शनका आधारमा भएको हो ।

नर्वेले आइतबार छनोटको अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।  घुँडामा चोट बोकेका कारण हालान्ड स्कटल्यान्डविरुद्ध उपस्थित हुने छैनन् ।

नर्वेले इतिहासमा एक मात्र युरोकप खेलेको छ । नेदरल्यान्ड्स र बेल्जियमले संयुक्त रुपमा आयोजना गरेको युरोकप २००० मा नर्वेले सहभागिता गरेको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।