चैत्र १४, २०८२ शनिबार | १०:३८:२२
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

यमनको राष्ट्रिय टोली भोलि नेपाल आइपुग्ने

काठमाडौं । एएफसी र फिफाको प्रारम्भिक संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली आइतबार(भोलि) नेपाल आइपुग्ने भएको छ ।

दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ । त्यसैले यमनको टोली खेलको दुई दिनअघि नेपाल आउन लागेको हो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले जानकारी गराएअनुसार यमनको टोली भोलि कतार एयरवेजको उडानमार्फन बिहान ८ः३५ काठमाडौं आइपुग्नेछ ।

बिहीबार भएको दोस्रो चरणको पहिलो खेलमा समूह ‘एच’ अन्तर्गत नेपाल र यमन दुबै आ–आफ्ना खेलमा पराजित भएका थिए । नेपाल युएईसँग ४–० ले पराजित हुँदा यमनले बहराइनविरुद्ध २–० को हार ब्यहोरेको थियो ।

समूह विजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् । त्यसैले पनि तुलनात्मक रुपमा कमजोर मानिएका नेपाल र यमनका लागि मंगलबार हुने खेल निकै महत्वपूर्ण रहनेछ ।

खेल नेपाली समय अनुसार साँझ ७ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । एन्फाले साधारण प्यारापेटतर्फ रू.४०० र भिआईपी प्यारापेटतर्फ रू.१००० टिकट मुल्य निर्धारण गरिसकेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो