बार्सिलोना । महान खेलाडी डिएगो म्याराडोनाको स्मृतीमा स्पेनिस ला लिगाको क्लब बार्सिलोना र अर्जेन्टिनी लिगको क्लब बोका जुनियर्सबीच मैत्रीपूर्ण खेल हुने भएको छ ।
खेल डिसेम्बर १४ मा साउदी अरेवियाको राजधानी रियादमा हुनेछ । सन् २०२० को नोभेम्बर २५ मा निधन भएका म्याराडोनाले अर्जेन्टिनी क्लब बोका जुनियर्सबाट १९८१-८२ को सिजन खेलेका थिए ।
त्यसपछि म्याराडोना ला लिगा क्लब बार्सिलोना भित्रिएका थिए ।
बार्सिलोनामा रहँदा म्याराडोनाले कोपा डेल रे, ला लिगा र सुपर कोपाको उपाधि चुमेका थिए ।
म्याराडोनाले आफ्नो करियरको अन्तिम दुई वर्ष बोका जुनियर्सबाट खेल्दै फुटबलबाट विदा लिएका थिए ।
पछिल्लो पटक यी दुई टोली बीचको खेल २०१८ मा भएको थियो । जसमा बार्सिलोनाले ३–० को जीत दर्ता गराएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
