चैत्र ७, २०८२ शनिबार | ०४:२२:१०
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

नेपाल भर्सेस लाओसः दोस्रो लेग पनि बराबरी भए के हुन्छ ?

काठमाडौं । घरेलु मैदानको फाइदा उठाउँदा नसक्दा फिफा विश्वकप २०२६ छनोट अन्तर्गत पहिलो चरणकोको खेलमा नेपालले बिहीबार लाओससँग १-१ को बराबरी खेल्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक गोलले पछाडि परेको स्थितिलाई उल्टाउँदै नेपालले अञ्जन विष्टकोे कीर्तिमानी गोलमा हार टारेको थियो ।

लाओस भने जुन योजनाका साथ नेपाल पुगेको थियो, त्यो पुरा गरेर घर फर्केको छ । लाओसले अब दोस्रो लेगमा घरेलु भूमीमा मंगलबार नेपालको सामना गर्नेछ । घरेलु समर्थकको फाइदा उठाउन सफल भए लाओस नेपालविरुद्ध हाबी हुन सक्छ ।

अवे गोलको मान्यता नभएका कारण नेपाललाई त्यस्तो दवाब भने हुने छैन । तर अवे समर्थकको दवाब भने पक्कै हुनेछ । गत मार्चमा सम्पन्न प्रधानमन्त्री थ्री नेसन्स कपको दुवै खेलमा नेपालले लाओसलाई पराजित गरेको थियो । मंगलबार यसले केही हदसम्म नेपाली खेलाडीलाई हौसला प्रदान गर्नेछ । 

दुवै टोली दोस्रो चरण पुग्न अन्तिम समयसम्म लड्न तयार छन् । तर, खेल बराबरीमा सकिए के हुनेछ ?

फिफाको नियम अनुसार दुवै लेग बराबरीमा सकिए खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिनेछ । त्यसमा पनि बारबरी भए खेलको निर्णय पेनाल्टी सुटआटबाट लिइनेछ ।

दोस्रो चरण पुग्ने टोलीले आउने दिन फुटबलमै व्यस्त हुन पाउने भएकाले पनि विश्व फुटबलमा तुलनात्मक रुपमा कमजोर यी दुई टोली पक्कै पनि पेनाल्टी सुटआउटको जोखिम लिन चाहँदैन । त्यसैले पनि मंगलबारको खेल दुई देशका लागि एकदमै महत्वपूर्ण हुनेछ ।

फिफाले विश्वकप फुटबलमा सहभागी टोली संख्या ३२ बाट ४८ पुर्याएकाले विश्वकप खेल्ने एसियाली टोलीको संख्यामा वृद्धि भएको छ । विगतमा एसियाबाट बढीमा ५ टोलीसम्मको सहभागिता रहने गर्दथ्यो । कतार विश्वकपमा त आयोजकसहित ६ राष्ट्रले एसियाको प्रतिनिधित्व गरेका थिए ।

यसपालि एसियाको सन्दर्भमा ८ टोली महादेशीय छनोट प्रतियोगिताबाट विश्वकपमा छानिने छन् । त्यस्तै एक टोलीले अन्तरमहादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नेछ । बढीमा ९ टोलीले फिफा विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।

एसियामा कुल ४७ देशले एएफसी सदस्य राष्ट्रको मान्यता पाएका छन् । यीमध्ये पहिलो चरणमा २२ टोलीले सहभागिता जनाइरहेका छन् । फिफा वरीयताअनुसार यी देशहरू २६ देखि ४७ औं वरीयताका टोली हुन् । जसमा नेपाल पनि पर्छ ।

होम एन्ड अवे ढाँचामा दुई टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । जसबाट ११ टोली प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन् । त्यस्तै एक उत्कृष्ट उपविजेता टोलीले एएफसी एसियन कप छनोटको अन्तिम चरणमा स्थान बनाउने छ, उसको विश्वकप यात्रा भने बाँकी १० टोलीसँगै समाप्त हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो