मानेभञ्याङ (भारत) । सातौ मानेभञ्याङ गोल्डकप उपाधिका लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्जिलिङ भिड्ने भएका छन् ।
बिहीबार सम्पन्न दोश्रो सेमीफाइनलमा चाँद एफसी तीनधारियालाई २-१ ले हराउँदै आर्मीले बिएसकेसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
आर्मीलाई जित दिलाउन दुवै गोल वाङदेन तामाङले गरे ।चाँदका लागि प्रविक तामाङले १ गोल फर्काए ।
खेलको ३६ औं मिनेटमा वाङ्देनको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । पाँच मिनेटपछि उनैले टोलीको अग्राता दोब्बर बनाए ।
५६ औं मिनेटमा प्रविकले गोल गर्दै चाँदलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
जलपाइगुडीले बुधबार भएको पहिलो सेमीफाइनलमा कञ्चनजंघा एफसी सिलिगुडीमाथि ७-२ को फराकिलो जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
फाइनल खेल असोज २८ गते हुनेछ ।
भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal