चैत्र १०, २०८२ मंगलबार | २२:०१:२२
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र

सुमित झापाको रोजाईमा

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य सुमित श्रेष्ठलाई झापा एफसीले अनुबन्ध गरेको छ । झापाले बी श्रेणीका सुमितलाई एक लाख ५० हजारमा लिएको हो ।  

सहिद स्मारक ए डिभिजन लिगमा सुमितले मनाङ मर्स्याङ्दीबाट उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । उनी फुटबलका समेत प्रतिभाशाली खेलाडी हुन् ।

सुमितलाई लिन बुटबल लुम्बिनी, झापा, बिरगंज र धनगढीले लिलामी गरेका थिए ।

आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लीले अक्सनमा एक सय ७९ खेलाडीलाई राखेको छ । ‘ए’ श्रेणीको न्युनतम मुल्य एक लाख ५० हजार देखि उच्च तीन लाख ५० हजार छ । ‘बी’ श्रेणीको न्युनतम मुल्य एक लाख देखि एक लाख सम्म छ । श्रेणी ‘सी’ मा न्युनतम ८० हजार देखि एक लाख ३० हजारसम्ममा खरिद गर्न सक्छन् ।

कुनै खेलाडीलाई एक भन्दा बढि खेलाडीले लिलामी लगाएमा गोलप्रथाद्वारा छनोट गरिनेछ । यसअघि श्रेणी ‘ए‘ बाट ठूलो नाम स्ट्राइकर नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्की तथा रक्षक अञ्जन राई अनसोल्ड भएका छन् ।

यसैगरी सर्वाधिक मुल्य (तीन लाख ५० हजार) मा लाकेन लिम्बू र सनिस श्रेष्ठ बिक्री भएका छन् । लाकेनलाई ९ क्लब र सनिसलाई धनगढी बाहेक आठ क्लबले लिन प्रतिस्पर्धा गरेका थिए । गोलप्रथाबाट लाकेन झापा र सनिस ललितपुर सिटी पुगेका हुन् ।  यसैगरी सुदीप गुरुङ र सेसेहाङ आङदेम्बेपनि सर्वाधिक मुल्यमा खरिद भएका थिए ।

प्रतियोगिता मंसिर आठबाट आयोजना हुँदैछ । उद्घाटन खेलमा काठमाडौं र स्पोर्टिङ इलाम एफसीबीचप्रतिस्पर्धा हुनेछ । दोस्रो संस्करणमा ९ टोली सहभागी छन् । गतसिजन खेलेको विराटनगर सिटी एफसीले आयोजकसँगको असन्तुष्टिका कारण नाम फिर्ता लिएका थियो ।

साविक विजेता काठमाडौं रेजर्स, धनगढी एफसी, स्पोर्टिङ इलाम एफसी, झापा एफसी, विरगंज युनाइटेड, एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउनेछन् । इलाम, विरगंज र झापा यसपटक नयाँ टोली हुन् । गतसिजन सात टोली प्रतिस्पर्धा गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो