चैत्र ६, २०८२ शुक्रबार | ०१:३६:१७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

पूर्व कप्तान विराज इलाममा, जिलेस्पी अन सोल्ड

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा रक्षक विराज महर्जन स्पोर्टिङ इलाममा अनुबन्ध भएका छन् । नेपाल सुपर लिगको दोस्रो संस्करणको लागि ए श्रेणीका विराजलाई इलामले न्युनतम मुल्यमा खरिद गरेको हो ।

यसैगरी स्ट्राइकर जिलेस्पीजंग कार्की अनसोल्ड भएका छन् । एनएसएलमा नेपाली स्ट्राइकरमाथि विश्वास घट्दै गएको छ । ए श्रेणीका जिलेस्पीलाई कुनै पनि क्लबले खरिद गर्न चाहेनन् । जिलेस्पीले पछिल्लो पटक म्यानमारविरुद्ध डेब्यु गरेका थिए ।

आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लीले अक्सनमा एक सय ७९ खेलाडीलाई राखेको छ । ‘ए’ श्रेणीको न्युनतम मुल्य एक लाख ५० हजार देखि उच्च तीन लाख ५० हजार छ । ‘बी’ श्रेणीको न्युनतम मुल्य एक लाख देखि एक लाख सम्म छ । श्रेणी ‘सी’ मा न्युनतम ८० हजार देखि एक लाख ३० हजारसम्ममा खरिद गर्न सक्छन् ।

कुनै खेलाडीलाई एक भन्दा बढि खेलाडीले लिलामी लगाएमा गोलप्रथाद्वारा छनोट गरिनेछ । यसअघि श्रेणी ‘ए‘ बाट ठूलो नाम स्ट्राइकर नवयुग श्रेष्ठ र रक्षक अञ्जन राई अनसोल्ड भएका छन् ।

यसैगरी सर्वाधिक मुल्य (तीन लाख ५० हजार) मा लाकेन लिम्बू र सनिस श्रेष्ठ बिक्री भएका छन् । लाकेनलाई ९ क्लब र सनिसलाई धनगढी बाहेक आठ क्लबले लिन प्रतिस्पर्धा गरेका थिए । गोलप्रथाबाट लाकेन झापा र सनिस ललितपुर सिटी पुगेका हुन् ।  

प्रतियोगिता मंसिर आठबाट आयोजना हुँदैछ । उद्घाटन खेलमा काठमाडौं र स्पोर्टिङ इलाम एफसीबीचप्रतिस्पर्धा हुनेछ । दोस्रो संस्करणमा ९ टोली सहभागी छन् । गतसिजन खेलेको विराटनगर सिटी एफसीले आयोजकसँगको असन्तुष्टिका कारण नाम फिर्ता लिएका थियो ।

साविक विजेता काठमाडौं रेजर्स, धनगढी एफसी, स्पोर्टिङ इलाम एफसी, झापा एफसी, विरगंज युनाइटेड, एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउनेछन् । इलाम, विरगंज र झापा यसपटक नयाँ टोली हुन् । गतसिजन सात टोली प्रतिस्पर्धा गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो