माघ १८, २०८२ आइतबार | ०९:५६:५३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

पूर्व कप्तान विराज इलाममा, जिलेस्पी अन सोल्ड

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा रक्षक विराज महर्जन स्पोर्टिङ इलाममा अनुबन्ध भएका छन् । नेपाल सुपर लिगको दोस्रो संस्करणको लागि ए श्रेणीका विराजलाई इलामले न्युनतम मुल्यमा खरिद गरेको हो ।

यसैगरी स्ट्राइकर जिलेस्पीजंग कार्की अनसोल्ड भएका छन् । एनएसएलमा नेपाली स्ट्राइकरमाथि विश्वास घट्दै गएको छ । ए श्रेणीका जिलेस्पीलाई कुनै पनि क्लबले खरिद गर्न चाहेनन् । जिलेस्पीले पछिल्लो पटक म्यानमारविरुद्ध डेब्यु गरेका थिए ।

आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लीले अक्सनमा एक सय ७९ खेलाडीलाई राखेको छ । ‘ए’ श्रेणीको न्युनतम मुल्य एक लाख ५० हजार देखि उच्च तीन लाख ५० हजार छ । ‘बी’ श्रेणीको न्युनतम मुल्य एक लाख देखि एक लाख सम्म छ । श्रेणी ‘सी’ मा न्युनतम ८० हजार देखि एक लाख ३० हजारसम्ममा खरिद गर्न सक्छन् ।

कुनै खेलाडीलाई एक भन्दा बढि खेलाडीले लिलामी लगाएमा गोलप्रथाद्वारा छनोट गरिनेछ । यसअघि श्रेणी ‘ए‘ बाट ठूलो नाम स्ट्राइकर नवयुग श्रेष्ठ र रक्षक अञ्जन राई अनसोल्ड भएका छन् ।

यसैगरी सर्वाधिक मुल्य (तीन लाख ५० हजार) मा लाकेन लिम्बू र सनिस श्रेष्ठ बिक्री भएका छन् । लाकेनलाई ९ क्लब र सनिसलाई धनगढी बाहेक आठ क्लबले लिन प्रतिस्पर्धा गरेका थिए । गोलप्रथाबाट लाकेन झापा र सनिस ललितपुर सिटी पुगेका हुन् ।  

प्रतियोगिता मंसिर आठबाट आयोजना हुँदैछ । उद्घाटन खेलमा काठमाडौं र स्पोर्टिङ इलाम एफसीबीचप्रतिस्पर्धा हुनेछ । दोस्रो संस्करणमा ९ टोली सहभागी छन् । गतसिजन खेलेको विराटनगर सिटी एफसीले आयोजकसँगको असन्तुष्टिका कारण नाम फिर्ता लिएका थियो ।

साविक विजेता काठमाडौं रेजर्स, धनगढी एफसी, स्पोर्टिङ इलाम एफसी, झापा एफसी, विरगंज युनाइटेड, एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउनेछन् । इलाम, विरगंज र झापा यसपटक नयाँ टोली हुन् । गतसिजन सात टोली प्रतिस्पर्धा गरेका थिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।