काठमाडौं । बंगलादेशविरुद्ध नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा एक खेलाडी परिवर्तन भएको छ ।
बिहीबार नेपालले चीनको झोङझउमा जारी १९ औं एसियाली खेलकुदकाे आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । खेल दिउँसो १ः४५ मा सुरु हुँदैछ ।
प्रशिक्षक बालगोपाल महर्जनले फरवार्ड अमिषा कार्कीलाई मैदान उतारेका छन् । जापानविरुद्ध खेलेकी मिडफिल्डर अनिता केसीलाई भने बेन्चमा राखिएको छ ।
महर्जनले कप्तानी जिम्मा मिडफिल्डर रेनुका नगरकोटेलाई दिएका छन् । गोलकिपरमा अनुभवी एन्जिला तुम्बाप्पो सुब्बा छिन् । रक्षकमा पुजा राना, समिक्षा घिमिरे, अमृता जैशी र हिराकुमारी भुजेल छन् ।
मिडफिल्डमा गीता राना, रेनुका र दीपा शाही छन् । नेपालको अग्रपंक्ती सावित्रा भण्डारी, रेखा पौडेल र अमिषाले सम्हाल्नेछन् ।
यसअघि नेपाल भियतनामसँग २-० र जापानसँग ८-० ले पराजित भएको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
