चैत्र १३, २०८२ शुक्रबार | ०६:३१:३२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

साफ यु-१९ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा

फाइल तस्वीर

काठमाडौं । चिरपरिचित प्रतिद्धन्द्धी भारतसँग पेनाल्टी सुटआउटमा ३-२ ले पराजित हुँदै घरेलु टोली नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार निर्धारित समयमा दुवै टोलीले १ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउबाट लिइएको हो ।

पेनाल्टीमा भारतका लागि अर्जुन सिंह ओइनाम, ग्वाग्वमसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गर्दा दिनेश सिंह सौबम र रिक्की हओबमको प्रहार नेपालका गोलकिपर जियारथ सेखले बचाएका थिए । नेपालका लागि आश्विन घोरासैनी, कुशल देउबाले गोल गरे ।

प्रशान्त लक्षमको प्रहार भारतीय गोलकिपर लियोनल रेमीले बचाए भने लछु थापा र बिक्रम तामाङको प्रहार बाहिरिएको थियो ।

खेलको २६ औं मिनेटमा साहिल खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । उनले उनले अजुर्नसिंह ओइनामको हेडलाई नेपाली रक्षकले क्लियर गर्न नक्दा प्राप्त भलीलाई पोस्टको दिशा दिएका थिए ।

३२ औं मिनेटमा कुशल देउबाको प्रहालाई भारतीय गोलकिपर लियोनल रेमीले सहजै नियन्त्रणमा लिए ।

पहिलो हाफको इन्जुरी समयमा ग्वामसर गोयरेको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर जियारथ शेखले बचाए ।

पहिलो हाफको इन्जुरी समयमै कुशल देउबाको कर्नरमा समिर तामाङको हेडर बार नजिकैबाट बाहिरियो ।

४७ औं मिटनमा निराजन धामीको प्रहार पोलमा लागरे बाहिरिँदा नेपालले बराबरी गर्ने अवसर गुमायो ।  ७४ औं मिनेटमा समिरले नेपाललाई बराबरीमा ल्याए । उनले दीपक थापा मगरको क्रसलाई हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।

नेपाल समूह ‘ए’ को उपविजेता तथा भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका हुन्  ।

समूह चरणमा नेपालले १ जित र १ हारको नतिजा निकाल्दा भारतले दुवै खेल आफ्नो पक्षमा परेको थियो । पाकिस्तानसँग १-० को पराजय ब्यहोरेको नेपालले माल्दिभ्सलाई ४-१ ले स्तब्ध बनाएको थियो । भारतले बंगलादेशलाई ३-० र भुटानलाई २-१ ले हराएको थियो ।

भारतले शनिबार उपाधिका लागि पाकिस्तानको सामना गर्नेछ । पाकिस्तान बुधबार नै सम्पन्न खेलमा भुटालाई पेनाल्टी सुटआउटमा ६-५ ले स्तब्ध बनाउँदै पहिलो पटक फाइनल पुगेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो