माघ १८, २०८२ आइतबार | २१:२३:४७
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

साफ यु-१९ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा

फाइल तस्वीर

काठमाडौं । चिरपरिचित प्रतिद्धन्द्धी भारतसँग पेनाल्टी सुटआउटमा ३-२ ले पराजित हुँदै घरेलु टोली नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार निर्धारित समयमा दुवै टोलीले १ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउबाट लिइएको हो ।

पेनाल्टीमा भारतका लागि अर्जुन सिंह ओइनाम, ग्वाग्वमसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गर्दा दिनेश सिंह सौबम र रिक्की हओबमको प्रहार नेपालका गोलकिपर जियारथ सेखले बचाएका थिए । नेपालका लागि आश्विन घोरासैनी, कुशल देउबाले गोल गरे ।

प्रशान्त लक्षमको प्रहार भारतीय गोलकिपर लियोनल रेमीले बचाए भने लछु थापा र बिक्रम तामाङको प्रहार बाहिरिएको थियो ।

खेलको २६ औं मिनेटमा साहिल खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । उनले उनले अजुर्नसिंह ओइनामको हेडलाई नेपाली रक्षकले क्लियर गर्न नक्दा प्राप्त भलीलाई पोस्टको दिशा दिएका थिए ।

३२ औं मिनेटमा कुशल देउबाको प्रहालाई भारतीय गोलकिपर लियोनल रेमीले सहजै नियन्त्रणमा लिए ।

पहिलो हाफको इन्जुरी समयमा ग्वामसर गोयरेको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर जियारथ शेखले बचाए ।

पहिलो हाफको इन्जुरी समयमै कुशल देउबाको कर्नरमा समिर तामाङको हेडर बार नजिकैबाट बाहिरियो ।

४७ औं मिटनमा निराजन धामीको प्रहार पोलमा लागरे बाहिरिँदा नेपालले बराबरी गर्ने अवसर गुमायो ।  ७४ औं मिनेटमा समिरले नेपाललाई बराबरीमा ल्याए । उनले दीपक थापा मगरको क्रसलाई हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।

नेपाल समूह ‘ए’ को उपविजेता तथा भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका हुन्  ।

समूह चरणमा नेपालले १ जित र १ हारको नतिजा निकाल्दा भारतले दुवै खेल आफ्नो पक्षमा परेको थियो । पाकिस्तानसँग १-० को पराजय ब्यहोरेको नेपालले माल्दिभ्सलाई ४-१ ले स्तब्ध बनाएको थियो । भारतले बंगलादेशलाई ३-० र भुटानलाई २-१ ले हराएको थियो ।

भारतले शनिबार उपाधिका लागि पाकिस्तानको सामना गर्नेछ । पाकिस्तान बुधबार नै सम्पन्न खेलमा भुटालाई पेनाल्टी सुटआउटमा ६-५ ले स्तब्ध बनाउँदै पहिलो पटक फाइनल पुगेको थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।