चैत्र १२, २०८२ बिहीबार | १७:०२:२७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

एसियाली खेलकुदः जापानविरुद्ध ऐतिहासिक खेल खेल्दै नेपाल

फाइल तस्बिर

काठमाडौं । नेपाली महिला फुटबल टोलीले चीनको हान्झाउमा जारी एसियाली खेलकुदको १९ औं संस्करणमा सोमबार जापानको सामना गर्दैछ ।

जापान सन् २०११ को फिफा महिला विश्वकपको च्याम्पियन बनेको थियो । पुरुष र महिला फुटबल दुवैमा नेपालले विश्वविजेतासँग खेल्न लागेको यो नै पहिलोपटक हो । त्यसैले यो खेल नेपालका लागि ऐतिहासिक हुनेछ ।
खेल वेन्जो ओलम्पिक स्पोर्टस सेन्टरमा नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । जापानसँग हार ब्यहोरे नेपाल प्रतियोगिताबाट बाहिरिने सम्भावना बाहिने सम्भावना छ  । 

समूह ‘डी’ को नेपालले पहिलो खेलमा भियतनामसँग २-० को हार ब्यहोरेको थियो । त्यस्तै जापानले बंगलादेशमाथि ८-० को फराकिलो जित हासिल गरेको थियो । 

सोमबार नै नेपाली समयअनुसार दिउँसो १ः४५ बजे भियतनामले बंगलादेशको सामना गर्दैछ । भियतनामले बंगलादेशलाई हराएको खण्डमा नेपाललाई जापानविरुद्ध जित्नैपर्ने दबाब रहनेछ ।

ऐतिहासिक खेलमा नेपाललाई आफ्ना उदीयमान मिडफिल्डर सरु लिम्बुको अभाव रहनेछ । भियतनामविरुद्ध सरुले पहिलो हाफ सकिन १० मिनेट बाँकी छँदा सरुको घुँडामा चोट लागेको थियो ।  यही चोटका कारण सरु झण्डै ९ महिना मैदान बाहिर बस्नुपर्ने अनुमान गरिएको छ ।

बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको टोली रेनुका नगरकोटीको कप्तानीमा मैदान उत्रनेछ ।


 

 

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो