माघ १९, २०८२ सोमबार | ०३:४३:२५
युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन

एसियाली खेलकुदः जापानविरुद्ध ऐतिहासिक खेल खेल्दै नेपाल

फाइल तस्बिर

काठमाडौं । नेपाली महिला फुटबल टोलीले चीनको हान्झाउमा जारी एसियाली खेलकुदको १९ औं संस्करणमा सोमबार जापानको सामना गर्दैछ ।

जापान सन् २०११ को फिफा महिला विश्वकपको च्याम्पियन बनेको थियो । पुरुष र महिला फुटबल दुवैमा नेपालले विश्वविजेतासँग खेल्न लागेको यो नै पहिलोपटक हो । त्यसैले यो खेल नेपालका लागि ऐतिहासिक हुनेछ ।
खेल वेन्जो ओलम्पिक स्पोर्टस सेन्टरमा नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । जापानसँग हार ब्यहोरे नेपाल प्रतियोगिताबाट बाहिरिने सम्भावना बाहिने सम्भावना छ  । 

समूह ‘डी’ को नेपालले पहिलो खेलमा भियतनामसँग २-० को हार ब्यहोरेको थियो । त्यस्तै जापानले बंगलादेशमाथि ८-० को फराकिलो जित हासिल गरेको थियो । 

सोमबार नै नेपाली समयअनुसार दिउँसो १ः४५ बजे भियतनामले बंगलादेशको सामना गर्दैछ । भियतनामले बंगलादेशलाई हराएको खण्डमा नेपाललाई जापानविरुद्ध जित्नैपर्ने दबाब रहनेछ ।

ऐतिहासिक खेलमा नेपाललाई आफ्ना उदीयमान मिडफिल्डर सरु लिम्बुको अभाव रहनेछ । भियतनामविरुद्ध सरुले पहिलो हाफ सकिन १० मिनेट बाँकी छँदा सरुको घुँडामा चोट लागेको थियो ।  यही चोटका कारण सरु झण्डै ९ महिना मैदान बाहिर बस्नुपर्ने अनुमान गरिएको छ ।

बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको टोली रेनुका नगरकोटीको कप्तानीमा मैदान उत्रनेछ ।


 

 

 

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।