फाल्गुन ३०, २०८२ शनिबार | ०३:१३:२१
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे

फुटबल माहोल फर्काउन सक्ने ‘एनएसएल’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र आन्तरिक द्वन्द, चुनावी सरगर्मी नचलेको भए नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण सम्पन्न भइसकेको हुने थियो । तेस्रो संस्करण गर्न अहिले आयोजक तयारीमा जुट्ने बेला भइसकेको थियो ।

तर, एन्फाभित्रको राजनीतिक द्वन्दमा मुछिएपछि एनएसएलको एक संस्करण मात्रै भएको छ । दोस्रो संस्करणका लागि धेरै पटक मिति तय भए पनि अहिलेसम्म मैदानमा प्रतियोगिता हुन सकेको छैन ।

एन्फाभित्रको राजनीतिक चपेटामा नपरे चौथो पटक निर्धारण गरिएको मितिमा प्रतियोगिता हुने आशा गर्न सकिन्छ । विभिन्न उतारचढाव पछि नेपाल स्पोर्टस् एण्ड एभेन्ट्स म्यानेजमेन्ट प्रालीले मंसिर आठ देखि दोस्रो एनएसएल गर्ने तयारी थालेको छ ।

अझै, एन्फाभित्रको राजनीतिक चपेटामा नपरे चौथो पटक निर्धारण गरिएको मितिमा प्रतियोगिता हुने आशा गर्न सकिन्छ । विभिन्न उतारचढाव पछि नेपाल स्पोर्टस् एण्ड एभेन्ट्स म्यानेजमेन्ट प्रालीले मंसिर आठ देखि दोस्रो एनएसएल गर्ने तयारी थालेको छ ।

एक वर्षअघि नै प्रतियोगितामा १० टोली सहभागी हुने तय भएको थियो । पहिलो संस्करणमा सात टोली सहभागी थिए । झापा एफसी, विरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम एफसी गत वर्ष दोस्रो संस्करणका लागि थपिएका टिम हुन् ।

गत वर्ष दोस्रो संस्करण आयोजनाका लागि टिम थप्नुका साथै खेलाडीको अक्सन पनि भइसकेको थियो । सबै तयारी पूरा थियो । खेलाडी खेल्न उत्साहित थिए । मार्की खेलाडी र कप्तान तथा पूरा टोली नै तयार भइसकेका थिए ।  

पदाधिकारीबीच नै एनएसएलबाट कति लिने, कतिसम्म भागमा पार्न सकिन्छ ? कसरी एनएसएलको ठूलो लगानी ‘फेल’ गर्न सकिन्छ ? जस्ता विषयले महत्व पायो । पूरा एन्फा प्रशासनको ध्यान त्यसतर्फ मात्र ध्यान केन्द्रित भयो । फलतः दोस्रो संस्करण रोकियो ।

ठिक त्यही बेला नयाँ नेतृत्व चयनका लागि एन्फाको साधारणसभा थियो । एनएसएल चुनावको मुख्य एजेन्डा बन्यो । पदाधिकारीबीच नै एनएसएलबाट कति लिने, कतिसम्म भागमा पार्न सकिन्छ ? कसरी एनएसएलको ठूलो लगानी ‘फेल’ गर्न सकिन्छ ? जस्ता विषयले महत्व पायो । पूरा एन्फा प्रशासनको ध्यान त्यसतर्फ मात्र ध्यान केन्द्रित भयो । फलतः दोस्रो संस्करण रोकियो ।

तर एनएसएलको विरोध गरेरै १६ महिनाअघि एन्फाको चुनाव जितेको वर्तमान नेतृत्व पनि अन्तत प्रतियोगिता गर्न दिनेमा सहमत भयो । त्यसपछि पनि पटकपटक मिति तोकिए । तर गत वर्ष हुन सकेन । यसपाली जसोतसो एनएसएल गर्ने तयारी छ । तर अघिल्लो संस्करणमा मैदान बाहिर र भित्र ठूलो हलचल गरेको विराटनगर सिटी एफसीले अन्तिम सयमा नाम फिर्ता लिएको छ । आयोजकसँगको असन्तुष्टि र विभिन्न प्रश्नको उत्तर प्राप्त नभएपछि ठूलो लगानी गर्न तयार नभएको विराटनगरको भनाई छ ।  

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ ।

एउटा फ्रेन्चाइजले नाम फिर्ता लिए पनि आयोजक भने यसपटक हराइसकेको फुटबल माहोल फर्काउने गरि प्रतियोगिता गर्नेमा प्रतिबद्ध देखिन्छ । घरेलु फुटबलको खस्कँदो माहोल तताउने तयारीमा छ । ‘घरेलु फुटबलमा रोकिएको माहोल फर्काउन चाहन्छौं,’ एनएसएलका निर्देशक श्रेयंस कार्की भन्छन् ।

उनी एन्फा भित्रको राजनीतिले पुनः एनएसएललाई अशर नगर्ने र आफूहरु निर्धक्क दोस्रो संस्करण आयोजना गर्न पाउनेमा आशावादी छन् । ‘हाम्रो चाहना नै एन्फा भित्र राजनीति नहोस् र प्रतियोगितामा कुनै असर नहोस् भन्ने हो । यतिबेला कसरी हुन्छ नेपाली फुटबलको माहोल फर्काउनेमा ध्यान दिएका छौं । दोस्रो संस्करण भव्य आयोजना गर्छौं,’ उनी भन्छन् ।

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ । यसअघि सात टोली विराटगरसँगै च्याम्पियन काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै इलाम, विरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक चिन्ता भनेकै खेलाडीको विदेश पलायन हो । राष्ट्रिय टोलीमा निरन्तर रहेका  र ‘ए’ डिभिजन लिग खेलिरहेका ५० भन्दा बढि खेलाडी अस्ट्रेलिया लगायत देश पुगेका छन् । त्यसको प्रत्यक्ष अशर एनएसएलमा देखिएको छ । 

दोस्रो संस्करणको अक्सन असोज १९ गतेलाई तय गरिएको छ । जहाँ ए, बी र सी खेलाडीको श्रेणी बर्गिकरण गरिएको छ । आयोजकले धेरै नेपाली खेलाडी विदेश पलायन भएकाले कम्तिमा पाँच देखि ६ विदेशीलाई खेलाउने तयारी गरेको छ । आयोजक र क्लबबीच सल्लाह भए पनि आधिकारीक निर्णय बाहिर आइसकेको छैन ।

‘यसपटक चिन्ता भनेकै खेलाडीको विदेश पलायन हो । राष्ट्रिय टोलीमा निरन्तर रहेका  र ‘ए’ डिभिजन लिग खेलिरहेका ५० भन्दा बढि खेलाडी अस्ट्रेलिया लगायत देश पुगेका छन् । त्यसको प्रत्यक्ष अशर एनएसएलमा देखिएको छ,’ आयोजकमध्येका एक भन्छन्, ‘यही कारण विदेशी खेलाडीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।’

केही क्लब भने अस्ट्रेलियामा रहेका खेलाडी झिकाउने योजनामा देखिन्छन् । ‘टिमलाई खेलाडी छान्न निक्कै सकस छ । हरेक पोजिसनमा विदेशी खेलाडीको भर छ । राष्ट्रिय टोलीमा पनि खेलाडी कम हुँदा मार्की र कप्तान छान्ने समस्या छ,’ एक क्लबका पदाधिकारी भन्छन् ।

यसपटक केही क्लबले विदेशी प्रशिक्षकमा ध्यान दिएका छन् । देशभित्र नेपाली प्रशिक्षकको खडेरी लागेकाले क्लबहरुले विदेशी प्रशिक्षकलाई प्राथमिकतामा राखेका हुन् ।

आर्थिक संकटको कारण यसपाली अवस्था झनै कठिन छ । आयोजकले गर्नुपर्ने ब्राण्डिङ गरेको छैन । पहिलो संस्करण कोभिड १९ का कारण लकडाउनको समयमा भएको थियो । तर त्योबेला फुटबलको राम्रो माहोल थियो । अहिले छैन ।

यद्यपि यसपटक आयोजकले प्रतियोगिता ब्रान्डिङमा ध्यान नदिएकाले ठूलो लगानी गर्न क्लबहरुले आनाकानी गरिरहेका छन् । एक क्लबका लगानीकर्ता भन्छन्, ‘एनएसएल खेल्न क्लबको ठूलो लगानी हुन्छ । आर्थिक संकटको कारण यसपाली अवस्था झनै कठिन छ । आयोजकले गर्नुपर्ने ब्राण्डिङ गरेको छैन । पहिलो संस्करण कोभिड १९ का कारण लकडाउनको समयमा भएको थियो । तर त्योबेला फुटबलको राम्रो माहोल थियो । अहिले छैन । हामीलाई गाह्रो छ,’ एक क्लबका पदाधिकारी भन्छन् ।  


 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||