चैत्र १८, २०८२ बुधबार | ०९:५९:२४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

साफ यु-१९ च्याम्पियनसिपः नेपाल पहिलो खेलमै पाकिस्तानसँग पराजित

काठमाडौं । घरेलु टोेली नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको पहिलो खेलमै पाकिस्तानसँग १-० ले पराजित भएको छ ।

जितसँगै समूह ‘बी’ को पाकिस्तानले तीन अंक जोड्दा नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  बिहिबार सम्पन्न खेलमा अली जफरले गरेको एक मात्र गोल पाकिस्तानलाई जित दिलाउन पर्याप्त बन्यो ।

७६औं मिनेटमा जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो । उनको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर जियारथ शेखले बचाउने प्रयास गरे पनि सफल भएनन् ।

खेलमा पाकिस्तान निकै हाबी देखिएको थियो । नेपालको प्रदर्शन भने फिलतो रह्यो । पाकिस्तानले खेलमा धेरै अवसर गुमाएको थियो ।

२७ औं मिनेटमा शाह जहानको फ्रिकिकलाई उत्कृष्ट बचाउ  गर्दै जियारथले नेपालको संकट टारे । ३३ औं मिनेटमा मोहम्मद जाफरको प्रहारलाई जियारथले विफल पारे ।

एक मिनेटपछि नै पाकिस्तानले अग्रता लिने सुनौलो अवसर गुमायो । मोहम्मद आदिल युनासले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार पोल नजिकैबाट बाहरियो । 

युनासलाई खुर्सिद अलामले थ्रु बल उपलब्ध गराएका थिए । ४० औं मिनेटमा जहानले पेनाल्टी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई जियारथले बचाए ।

इन्जुरी समयमा लछ्छु थापाको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा नेपालले बराबरी गर्ने अवसर गुमायो । अब पाकिस्तानले शनिबार तथा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो