भाद्र ५, २०८२ शुक्रबार | २०:०७:१०
उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल

घरेलु भूमीमा नेपालको उपाधि जित्ने लक्ष्य, भारत भन्छ: हामीले २ वर्षदेखि तयारी गरेका छौं

saff u 19 teams

काठमाडौं । बिहीबारबाट काठमाडौंमा सुरु हुन लागेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको पाँचौं संस्करणमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालयमा बुधबार आयोजित पोस्ट म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै तेस्रोपटक उपाधि जित्ने बताएका हुन् ।

‘पहिलो संस्करणमा हामीले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जितेका थियौँ । यसपाली पनि सोहि कथा दोहोर्याउने लक्ष्य लिएका छौं । उमेर समूहमा सबै टोली बराबरी कै हुन्छन् । हाम्रो लक्ष्य भनेको समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने हो,’ श्रेष्ठले भने ।

प्रतियोगिताको अघिल्लो दिन बुधबार ६ मध्ये पाँच टोलीका कप्तान तथा प्रशिक्षकहरु पत्रकार सम्मेलनमा सहभागि भएका थिए । पाकिस्तान भने नेपाल आइनपुगेका कारण कार्यक्रममा उपस्थित भएन ।

उता भारतका प्रशिक्षक शुभेन्डु पान्डा पर्याप्त प्रशिक्षण गर्न पाएकाले सुखद नतिजा आउनेमा आशावादी रहे । ‘हामीले दुई वर्षदेखि नै टोली निर्माणका लागि समय बिताएका छौं । देशभरिबाट हामीले छनोर यो टोली बनाएका हौं । हामीले २०२१ देखि नै खेलाडीहरुलाई ट्रायलमार्फत छनोट गरेका थियौँ, ’ पान्डाले भने, ‘हामीले साफका लागि दुई वर्षदेखि प्रशिक्षण गरिरहेका छौं । साफ नजिकिँदै गर्दा साउदी अरबिया गएर बन्द प्रशिक्षण गर्यौँ । काठमाडौं आउनुअघि साउदीमा हामीले दुई अभ्यास खेल खेल्यौँं । दुवै खेल जित्यौँ । त्यही लयलाई निरन्तरता दिनेछौं ।’

नेपाल र भारतले समान दुईपटक साफ यु-१९ प्रतियोगिताको उपाधि जितेका छन् । २०१५ मा काठमाडौंमा भएको पहिलो संस्करणमा विमलघर्ती मगरको कप्तानीमा रहेकाे नेपालले  कप्तानीमा भारतलाई  पेनाल्टी सुटआउटमा  ५-४ ले  हराउँदै उपाधि जितेको थियो । 

दुई वर्षपछि भुटानको थिम्पुमा अर्पण कार्कीको नेतृत्वमा नेपाल सिंगल राउन्ड रोबिन पद्धतिमा अंकतालिकाको शीर्ष स्थानमा रहँदै लगातार दोस्रोपटक च्याम्पियन बन्याे।

तेस्रो संस्करण २०१९ मा नेपालले नै आयोजना गरेको थियो । जसमा जय गुरुङको कप्तानीमा रहेको नेपालले समूह चरण पनि पार गर्न सकेन । फाइनलमा बंगलादेशलाई २-१ ले हराएर भारतले पहिलोपटक उपाधि उचालेको थियो । पछिल्लो संस्करण २०२२ मा भारतको भुवनेश्वरमा भएको हो । आयुष घलानको कप्तानीमा नेपालले फाइनलमा स्थान बनाउन सकेको थिएन । सिंगल राउन्ड रोबिन पद्धत्तीमा बंगलादेश र भारत फाइनल पुगेका थिए । जसमा नतिजा ५-२ ले भारतको पक्षमा गएको थियो ।

तुलनात्मक रुपमा उमेर समूहमा कमजोर मानिएका बाँकी टोली पनि सकारात्मक देखिए ।

‘हामीसँग ९० प्रतिशत घरेलु लिग खेलेका खेलाडी छन् । पछिल्लो २८ दिनको प्रशिक्षणमा हामीले सक्दो दिएका छौं,’ माल्दिभ्सका मुख्य प्रशिक्षक ऐहमद शाकिरले बताए, ‘यद्यपी खेलाडीहरुले लिगमा कम समय पाए, उनीहरुले बन्द प्रशिक्षणमा धेरै मिहिनेत गरेका छन् ।’

कम समय पाएपनि बंगलादेशले यसपाली पनि फाइनल पुग्ने लक्ष्य राखेको छ । बंगलादेशका मुख्य प्रशिक्षक रसिद अहमद भन्छन्, ‘हामीले साफका लागि चार हप्ता मात्र प्रशिक्षण समय पायौँ । तर, लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्य छ । पहिलो खेलका लागि केन्द्रित छौँ । बाकी खेलपछि सोच्नेछौं ।’

त्यस्तै भुटानका प्रशिक्षक हाइडहरु टाकाहशीले पनि चुनौतीको सामना गर्न तयार रहेको र अन्तिम सम्म लड्ने बताए ।

सबै कप्तानहरुले प्रतियोगिताका लागि उत्साहित रहेको र अहिले पहिलो खेलमा केन्द्रित रहने बताए ।

नेपालले बिहीबार दिउँसो साढे ५ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दिनको पहिलो अर्थात उद्घाटन खेलमा दिउँसो साढे १ बजे भारतले बंगलादेशकाे सामना गर्नेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । त्यस्तै समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् । नेपालकाे कप्तानी गाेलकिपर जियारथ शेखले गर्नेछन् । 

 


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas