चैत्र ६, २०८२ शुक्रबार | ०२:२६:३५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

मालिकादेवी कप असोज अन्तिम सातादेखि हुने

मालिकादेवी कप

काठमाडौं  । तेस्रो संस्करणको मालिकादेवी नकआउट सेभेन ‘ए’ साइड नगर कप फुटबल प्रतियोगिता असोज अन्तिम साताबाट शुरू हुने भएको छ। मेलचौर युवा जागरण समाजको आयोजनामा हुने प्रतियोगिता असोज २७ गतेदेखि शुरू हुनेछ ।

प्रतियोगितामा देशभरिकै आधिकारिक रुपमा दर्ता भएका फुटबल क्लबहरू सहभागी हुन पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेता टोलीले ६६ हजार ६६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो संस्करण सुनौलो विहानी अभियानले जितेको थियो । यस्तै दोस्रो संस्करणको उपाधि अधेरी युथ क्लब बलेफीले जितेको थियो ।

प्रतियोगितामा सहभागी टोलीले आगामी असोज २४ गतेसम्म टिम दर्ता गर्न सक्ने छन् । टिम दर्ता शुल्क पाँच हजार लाग्ने पनि आयोजकले जनाएको छ।

प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका(७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछ। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो