चैत्र १४, २०८२ शनिबार | १३:१६:२०
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

एन्फा साधारणसभा आज, बहिस्कार गर्ने बहुमत सदस्यको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को एक वर्षपछि आज विशेष साधारणसभा बस्दैछ । २०७९ असार ६ गते भएको चुनावी साधारणसभापछि आज एन्फाको साधारणसभा बस्दै गर्दा विवादमुक्त नहुने पक्कापक्की छ ।

एन्फाले भर्चुअल विधिबाट साधारणसभा राखेपछि बहुमत सदस्यले विधान विपरितको साधारणसभा बहिस्कार गर्ने तयारी गरेका छन् । साधरणसभा दिउसो तीन बजेलाई बोलाइएको छ । त्यसअघि बिहान १० बजे एन्फाको आपतकालिन कार्यसमिति बैठक बस्नेछ ।

असन्तुष्ट हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले विधानविपरित हुन लागेको साधारणसभा बहिस्कार गर्न सामाजिक संजालमार्फत आह्वान गरेका छन् । 

असन्तुष्ट ३२ क्लबले साधारणसभा भौतिक उपस्थितिमा हुनुपर्ने एन्फा महासचिव किरण राई र कार्यबाहक अध्यक्ष वीरबहादुर खड्कालाई यसअघि नै पत्र बुझाएका थिए । यता, क्लबहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलाई भौतिक उपस्थिति गराउन अनुरोध गरेका थिए ।

असन्तुष्ट हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले विधानविपरित हुन लागेको साधारणसभा बहिस्कार गर्न सामाजिक संजालमार्फत आह्वान गरेका छन् । उनले लेखेका छन्‘आर्थिक घोटलालाई ढाकछोप गर्न बिना प्रतिस्पर्धा लेखा परिक्षक नियुक्तीलाई रोक्न आयोजित जुम मार्फत गरेको एन्फाको अवैधाकि विशेष साधारणसभा बहिस्कार गरौं,’ उनले भनेका छन्, ‘भौतिक उपस्थितिमा हुन नसक्नु कारण के आइलाग्यो ?,’ शेर्पाको प्रश्न छ ।

एन्फा महासचिव राईले कार्यसमितिको निर्णय उल्टाउन नमिल्ने बताएका छन् ।  उनले ३२ क्लब नै एन्फाको सदस्य भएकाले साधारणसभा पूर्ण गर्न सहयोग गर्नुपर्ने बताएका छन् ।

एन्फाले साधारणसभाको एउटा मात्र एजेन्डा लेखापरिक्षक नियुक्ती हो । यसअघि शुक्रबारमात्रै एन्फा ३२ क्लबसँग वार्ता बसेको थियो । तर, एन्फा र क्लबबीचको बार्ता निष्कर्षमा पुग्न सकेन ।

जसले नेपाली फुुटबललाई दुर्घटनातर्फ बढाएको असन्तुष्ट क्लबको दाबी छ । एन्फा महासचिव राईले कार्यसमितिको निर्णय उल्टाउन नमिल्ने बताएका छन् । ‘गत साधारणसभाले नै लेखापरिक्षक नियुक्ती गर्नुपथ्र्याै । त्यो भएन । समय सकिएपछि कार्यसमितिको निर्णयनअनुसार नविकरण गर्न लागेका हौं । अहिले आएर कार्यसमितिको निर्णय उल्टाउन मिल्दैन,’ राईले भने, ‘अर्काे साधारणसभा चाडै बोलाउने हुँदा विवाद गरिरहनुपर्ने कुरै छैन ।’

उनले ३२ क्लब नै एन्फाको सदस्य भएकाले साधारणसभा पूर्ण गर्न सहयोग गर्नुपर्ने बताएका छन् । ‘उहाँहरु बैधानिक बाटोमा हुनुहुन्न । बहिस्कार गर्ने कुरा झनै विधानसम्मत छैन । सबै मिलेन नेपाली फुटबललाइ अगाडि बढाउनुपर्छ । सदस्यहरुले सहयोग गर्ने अपेक्षा छ,’ राईले भने ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो