माघ १६, २०८२ शुक्रबार | ११:५१:१४
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

एन्फा साधारणसभा आज, बहिस्कार गर्ने बहुमत सदस्यको तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को एक वर्षपछि आज विशेष साधारणसभा बस्दैछ । २०७९ असार ६ गते भएको चुनावी साधारणसभापछि आज एन्फाको साधारणसभा बस्दै गर्दा विवादमुक्त नहुने पक्कापक्की छ ।

एन्फाले भर्चुअल विधिबाट साधारणसभा राखेपछि बहुमत सदस्यले विधान विपरितको साधारणसभा बहिस्कार गर्ने तयारी गरेका छन् । साधरणसभा दिउसो तीन बजेलाई बोलाइएको छ । त्यसअघि बिहान १० बजे एन्फाको आपतकालिन कार्यसमिति बैठक बस्नेछ ।

असन्तुष्ट हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले विधानविपरित हुन लागेको साधारणसभा बहिस्कार गर्न सामाजिक संजालमार्फत आह्वान गरेका छन् । 

असन्तुष्ट ३२ क्लबले साधारणसभा भौतिक उपस्थितिमा हुनुपर्ने एन्फा महासचिव किरण राई र कार्यबाहक अध्यक्ष वीरबहादुर खड्कालाई यसअघि नै पत्र बुझाएका थिए । यता, क्लबहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलाई भौतिक उपस्थिति गराउन अनुरोध गरेका थिए ।

असन्तुष्ट हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले विधानविपरित हुन लागेको साधारणसभा बहिस्कार गर्न सामाजिक संजालमार्फत आह्वान गरेका छन् । उनले लेखेका छन्‘आर्थिक घोटलालाई ढाकछोप गर्न बिना प्रतिस्पर्धा लेखा परिक्षक नियुक्तीलाई रोक्न आयोजित जुम मार्फत गरेको एन्फाको अवैधाकि विशेष साधारणसभा बहिस्कार गरौं,’ उनले भनेका छन्, ‘भौतिक उपस्थितिमा हुन नसक्नु कारण के आइलाग्यो ?,’ शेर्पाको प्रश्न छ ।

एन्फा महासचिव राईले कार्यसमितिको निर्णय उल्टाउन नमिल्ने बताएका छन् ।  उनले ३२ क्लब नै एन्फाको सदस्य भएकाले साधारणसभा पूर्ण गर्न सहयोग गर्नुपर्ने बताएका छन् ।

एन्फाले साधारणसभाको एउटा मात्र एजेन्डा लेखापरिक्षक नियुक्ती हो । यसअघि शुक्रबारमात्रै एन्फा ३२ क्लबसँग वार्ता बसेको थियो । तर, एन्फा र क्लबबीचको बार्ता निष्कर्षमा पुग्न सकेन ।

जसले नेपाली फुुटबललाई दुर्घटनातर्फ बढाएको असन्तुष्ट क्लबको दाबी छ । एन्फा महासचिव राईले कार्यसमितिको निर्णय उल्टाउन नमिल्ने बताएका छन् । ‘गत साधारणसभाले नै लेखापरिक्षक नियुक्ती गर्नुपथ्र्याै । त्यो भएन । समय सकिएपछि कार्यसमितिको निर्णयनअनुसार नविकरण गर्न लागेका हौं । अहिले आएर कार्यसमितिको निर्णय उल्टाउन मिल्दैन,’ राईले भने, ‘अर्काे साधारणसभा चाडै बोलाउने हुँदा विवाद गरिरहनुपर्ने कुरै छैन ।’

उनले ३२ क्लब नै एन्फाको सदस्य भएकाले साधारणसभा पूर्ण गर्न सहयोग गर्नुपर्ने बताएका छन् । ‘उहाँहरु बैधानिक बाटोमा हुनुहुन्न । बहिस्कार गर्ने कुरा झनै विधानसम्मत छैन । सबै मिलेन नेपाली फुटबललाइ अगाडि बढाउनुपर्छ । सदस्यहरुले सहयोग गर्ने अपेक्षा छ,’ राईले भने ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।