चैत्र ७, २०८२ शनिबार | १२:५०:४२
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एन्फामा इन्टिग्रिटी टिमकै राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभाको पूर्वसन्ध्यामा सदाचार सम्बन्धि विषय हेर्ने सबै तीन इन्टिग्रिटी अफिसरहरुले सामूहिक राजीनामा दिएका छन् ।

प्रमूख इन्टिग्रिटी अफिसर केशवबहादुर शाहसँगै अन्य दुई अफिसरहरु लोक गुरुङ र सुदर्शन भट्टले पनि अघिल्लो शुक्रबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई राजीनामा बुझाएका थिए ।

अघिल्लो शुक्रबार नै राजीनामा गरे पनि उनीहरुको राजीनामापत्र एन्फामा सोमबारमात्र दर्ता गरिएको स्रोतले जानकारी गराएको छ ।

स्वास्थ्यसम्बन्धि समस्याका साथै पारिवारिक कारणले समय दिन नसक्ने भएपछि आफूहरुले राजीनामा दिएको प्रमूख इन्टिग्रिटी अफिसर शाहले बताए ।

‘मेरो व्यक्तिगत स्वास्थ्य राम्रो छैन । भट्टजीको पनि पारिवारिक कारणले गर्दा समय दिन नसक्ने हुनुभयो । गुरुङजीको पनि समस्या त्यस्तै भयो,’ शाहले खेलाडी डटकमसँग भने, ‘समय दिएर राम्ररी काम गर्न नसक्ने भएपछि कुनै पनि जिम्मेवारीमा बसिरहनु हुन्न भनेर राजीनामा दिएका हौं । पदबाट राजीनामा दिए पनि फुटबलको माया लाग्छ । आउने क्रम जारी रहन्छ ।’

सदाचार समितिका सबैजनाले एकैपटक राजीनामा दिनु गम्भीर विषय हो । उहाँहरुले राजीनामा दिइसकेपछि रिक्त रहेको पदपुर्ति गरिनुपर्छ । त्यसकारण आइतबार बिहान कार्यसमिति बैठकमा त्यसमाथि छलफल हुन्छ र साधारणसभामा पनि यो विषय उठन सक्छ ।

सहिद स्मारक लिगअन्तर्गतका डिभिजन क्लबहरुको विरोधका बावजुद आइतबार हुन लागेको एन्फाको भर्चुअल विशेष साधारणसभा र त्यसअघि हुने कार्यसमितिको आपतकालिन बैठकमा इन्टिग्रिटी अफिसरहरुको राजीनामा पनि एजेन्डा बन्न सक्ने स्रोतले बताएको छ ।

‘सदाचार समितिका सबैजनाले एकैपटक राजीनामा दिनु गम्भीर विषय हो । उहाँहरुले राजीनामा दिइसकेपछि रिक्त रहेको पदपुर्ति गरिनुपर्छ । त्यसकारण आइतबार बिहान कार्यसमिति बैठकमा त्यसमाथि छलफल हुन्छ र साधारणसभामा पनि यो विषय उठन सक्छ,’ एन्फा कार्यसमितिका एक पदाधिकारीले भने ।

अनलाइन माध्यमबाट गरिन लागेको भर्चुअल साधारणसभा अवैधानिक हुने भन्दै डिभिजन क्लबहरुले भौतिक उपस्थितीको माग राख्दै आएका छन् । भौतिक उपस्थिती नभए साधारणसभा बहिस्कार गर्ने क्लबहरुले चेतावनी दिएका छन् ।

क्लबहरुको चेतावनीका बावजुद एन्फाले भने सबै तयारी पूरा भइसकेको भन्दै आइतबार १२ः३० बजेको निर्धारित समयमै भर्चुअल साधारणसभा गर्ने भएको छ । चर्को विरोधका बावजुद साधारणसभा गर्न लागेको एन्फाले आइतबार नै बिहान ८ बजेका लागि कार्यसमितिको आपतकालिन बैठक बोलाएको छ ।

क्लबहरुले अवैधानिक भन्दै आएको साधारणसभामा बहुमत सदस्यले बहिस्कार गर्ने बताएका छन् । एन्फाका पूर्व अध्यक्ष एवं शीर्ष डिभिजनको हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले आइतबारको साधारणसभामा कोरम नपुग्ने दाबी गरे ।

साधारणसभा भनेको त निर्णय गर्ने र संस्थालाई मार्गनिर्देश गर्ने सर्वोच्च निकाय हो । साधारणसभा भनेको नेतृत्वका स्वेच्छाचारी निर्णयलाई अनुमोदन गर्ने थलो होइन ।

‘महामारीको बेला, कुनै ठूलो प्राकृतिक विपत्ति वा राजनीतिक रुपमा निक्कै असहज अवस्थामा कुनै विषयमा निर्णय नगरि नहुने भएमात्र भर्चुअल बैठक गर्ने भन्ने हो,’ शेर्पाले भने, ‘सामान्य अवस्थामा भर्चुअल बैठक पनि बैधानिक हुँदैन । एन्फाको विधानले यस्तो खालको भर्चुअल साधारणसभाको कुनै कल्पना गरेको छैन । यो पूर्ण रुपमा अवैधानिक हो । यस्तो अवैधानिक कदममा बहुमत सदस्यको उपस्थिती हुँदैन ।’

शेर्पाले साधारणसभा संस्थाको सर्वोच्च निकाय भएको बताउँदै त्यहाँ सदस्यहरुले गहन छलफल गर्न पाउनुपर्ने बताए । ‘साधारणसभा भनेको त निर्णय गर्ने र संस्थालाई मार्गनिर्देश गर्ने सर्वोच्च निकाय हो । साधारणसभा भनेको नेतृत्वका स्वेच्छाचारी निर्णयलाई अनुमोदन गर्ने थलो होइन । त्यहाँ सबै सदस्यहरुले आफ्ना कुरा राख्न र आवश्यक पर्दा मतदान पनि गर्न पाउनुपर्छ । यसकारण हामीले भौतिक उपस्थितीको माग गरेका हौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो