चैत्र १८, २०८२ बुधबार | १०:०१:०७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नेदरल्यान्ड्सले ग्रिसलाई हरायो

काठमाडौं । नेदरल्यान्ड्सले ग्रिसलाई हराउँदै युरो २०२४ छनोटको सम्भावना कायम राखेको छ । बिहीबार राति घरेलु मैदान नेदरल्यान्ड्सले ३–० को जित निकालेको हो ।

दोस्रो जितपछि नेदरल्यान्ड्स ६ अंकसहित दोस्रो स्थानमा छ । समान अंकको ग्रिस तेस्रो स्थानमा छ । समूह ‘बी’ मा लगातार पाँचौ जित निकालेको फ्रान्स १५ अंकसहित शीर्षस्थानमा छ ।

फ्रान्सले पाँच खेलमा ११ गोल गर्दा पाँच ‘क्लिन सिट’ राखेको छ । आयरल्यान्ड चार खेलबाट तीन अंकसहित चौथो स्थानमा रह्यो । गिब्राल्टार बिना अंक पुछारमा छ ।

ग्रीसविरुद्ध नेदरल्यान्ड्सले पहिलो हाफमै तीन गोल गरेको थियो । खेलको १७औं मिनेटमा मार्टेन डि रुनले अग्रता बनाए । राष्ट्रको लागि ३२ वर्षीय खेलाडीको पहिलो गोल हो ।

दोस्रो गोल खेलको ३१औं मिनेटमा लिभरपुल स्टार कोडी गाक्पोको नाममा रह्यो । डेन्जल डुम्फ्रिको पासमा गाक्पोले गोल गरेका हुन् । ३०औं मिनेटमा वुट वेघोर्टसले तेस्रो गोल गर्दै पहिलो हाफमै टोलीको अग्रता ३–० को बनाएका हुन् ।

अब, नेदरल्यान्ड्सले छनोटअन्तर्गत नै ११ सेप्टेम्बरमा आयरल्यान्ड र १२ सेप्टेम्बरमा फ्रान्ससँग खेल्ने तालिका छ ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो