माघ १७, २०८२ शनिबार | १८:०८:२७
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

रुबियालेसविरुद्ध हर्मोसोले दिइन् उजुरी

काठमाडौं । जेनी हर्मोसोले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसविरुद्ध उजुरी दिएकी छन् ।  महिला विश्वकपको फाइनलपछि रुबियालेसले हर्मोसोको ओठमा चुम्बन गरेका थिए । तर त्यसमा उनी सहमतिमा नभएको बताएकी छन् ।

रुबियालेसले सहमतिमै चुम्बन गरेको बताए पनि फिफाले उनलाई ९० दिनको निलम्बन गर्दै अनुसन्धान सुरु गरिसकेको छ ।

यस उजुरीको अर्थ ४६ वर्षीय रुबियालेसले आपराधिक आरोपहरूको सामना गर्नुपर्ने सम्भावना छ ।

‘जेनिफर हर्मोसोले तपाईं सबैलाई थाहा भएको तथ्यहरूको लागि एक स्पष्ट उजुरी दायर गरेकी छन्,’ राष्ट्रिय अभियोजकको कार्यालयबाट जारी एक विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय अदालतको अभियोजकको कार्यालयले सकेसम्म चाँडो उजुरी दिनेछ । पीडितको गोपनीयताको रक्षा गर्न राज्य महान्यायाधिवक्ताको कार्यालयमा बयान लिइएको हो ।’

२९ अगस्टमा, स्पेनी अभियोजनकर्ताहरूले घटना यौन दुर्व्यवहारको अपराध हो कि भनेर प्रारम्भिक अनुसन्धान गरेका थिए ।

इङ्ल्यान्डमाथि स्पेनको १-० को जित निल्दै पहिलो पटक विश्व च्याम्पियन बनेपछि खुसीयाली मनाउने क्रममा रुबियालेसले हर्मोसोलाई चुम्बन गर्नुअघि आफ्नो क्रोच समातेको देखिएको थियो । तर रुबियालेसले बारम्बार आफ्नो पदबाट राजीनामा दिन अस्वीकार गरेका छन् ।

शुक्रबार, स्पेनको राष्ट्रिय खेलकुद न्यायाधिकरण (टिएडी) ले हर्मोसोलाई चुम्बन गरेर रुबियल्सले ‘गम्भीर अपराध’ गरेको फैसला गर्दै उनीविरुद्ध दुर्व्यवहारको मुद्दा खोलेको छ ।

स्पेनको विश्वकप विजेता २३ खेलाडीसहित ८१ खेलाडीले रुबियालेसले राजिनामा नदिएसम्म टोलीबाट नखेल्ने बताएका छन् ।

स्पेनले युइएफए नेसन्स लिग छनोट अन्तर्गत २२ र २६ सेप्टेम्बरमा क्रमशः स्विडेन र स्विट्जरल्यान्डसँग खेल्नछ ।

फुटबल संघले मंगलबार, रुबियालेसका नजिकको सहयोगी समेत मानिने स्पेनको विश्वकप विजेता जर्ज भिल्डालाई बर्खास्त गरिएको गर्दै मोन्टसे टोमलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । 

स्पेनिस पुरुष टोलीले सोमबार रुबियालेसको अस्वीकार्य व्यवहारका लागि आलोचना गरेको थियाे ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।