चैत्र ७, २०८२ शनिबार | २३:२६:४६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

रुबियालेसविरुद्ध हर्मोसोले दिइन् उजुरी

काठमाडौं । जेनी हर्मोसोले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसविरुद्ध उजुरी दिएकी छन् ।  महिला विश्वकपको फाइनलपछि रुबियालेसले हर्मोसोको ओठमा चुम्बन गरेका थिए । तर त्यसमा उनी सहमतिमा नभएको बताएकी छन् ।

रुबियालेसले सहमतिमै चुम्बन गरेको बताए पनि फिफाले उनलाई ९० दिनको निलम्बन गर्दै अनुसन्धान सुरु गरिसकेको छ ।

यस उजुरीको अर्थ ४६ वर्षीय रुबियालेसले आपराधिक आरोपहरूको सामना गर्नुपर्ने सम्भावना छ ।

‘जेनिफर हर्मोसोले तपाईं सबैलाई थाहा भएको तथ्यहरूको लागि एक स्पष्ट उजुरी दायर गरेकी छन्,’ राष्ट्रिय अभियोजकको कार्यालयबाट जारी एक विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय अदालतको अभियोजकको कार्यालयले सकेसम्म चाँडो उजुरी दिनेछ । पीडितको गोपनीयताको रक्षा गर्न राज्य महान्यायाधिवक्ताको कार्यालयमा बयान लिइएको हो ।’

२९ अगस्टमा, स्पेनी अभियोजनकर्ताहरूले घटना यौन दुर्व्यवहारको अपराध हो कि भनेर प्रारम्भिक अनुसन्धान गरेका थिए ।

इङ्ल्यान्डमाथि स्पेनको १-० को जित निल्दै पहिलो पटक विश्व च्याम्पियन बनेपछि खुसीयाली मनाउने क्रममा रुबियालेसले हर्मोसोलाई चुम्बन गर्नुअघि आफ्नो क्रोच समातेको देखिएको थियो । तर रुबियालेसले बारम्बार आफ्नो पदबाट राजीनामा दिन अस्वीकार गरेका छन् ।

शुक्रबार, स्पेनको राष्ट्रिय खेलकुद न्यायाधिकरण (टिएडी) ले हर्मोसोलाई चुम्बन गरेर रुबियल्सले ‘गम्भीर अपराध’ गरेको फैसला गर्दै उनीविरुद्ध दुर्व्यवहारको मुद्दा खोलेको छ ।

स्पेनको विश्वकप विजेता २३ खेलाडीसहित ८१ खेलाडीले रुबियालेसले राजिनामा नदिएसम्म टोलीबाट नखेल्ने बताएका छन् ।

स्पेनले युइएफए नेसन्स लिग छनोट अन्तर्गत २२ र २६ सेप्टेम्बरमा क्रमशः स्विडेन र स्विट्जरल्यान्डसँग खेल्नछ ।

फुटबल संघले मंगलबार, रुबियालेसका नजिकको सहयोगी समेत मानिने स्पेनको विश्वकप विजेता जर्ज भिल्डालाई बर्खास्त गरिएको गर्दै मोन्टसे टोमलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । 

स्पेनिस पुरुष टोलीले सोमबार रुबियालेसको अस्वीकार्य व्यवहारका लागि आलोचना गरेको थियाे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो