चैत्र १४, २०८२ शनिबार | १६:४४:५७
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

रोनाल्डो गोलप्रेरित अल नासरको दोस्रो जित

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलप्रेरित अल नासरले साउदी प्रो लिगमा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा अल नासरले अल साववलाई ४–० ले हराएको हो । नल नासरको जितमा रोनाल्डोले दुई गोल गर्दा साडिओ माने र सुल्तान अल घननले समान एक गोल गरेका थिए ।

खेलको १३औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत अग्रता दिलाएका हुन् । दोस्रो गोल ३८औं मिनेटमा पेनाल्टीमार्फत नै सम्भव भएको थियो । रोनाल्डोको पासमा मानेले ४०औं मिनेटमा गोल गर्दा नासरले पहिलो हाफमा ३–० को अग्रता बनाएको हो ।

७८औं मिनेटमा सवाव १० खेलाडीमा सिमित बन्यो । इभर बेनेगाले रातो कार्डको सामना गरेका थिए । ८०औं मिनेटमा सुल्तानले गोल गर्दै ४–० को अग्रता बनाएका थिए । सुल्तानले नै यसअघि ६३औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

लिगका सुरुआती दुई खेलमा पराजित नासर पछिल्ला दुबै खेलमा जित निकाल्न सफल भएको छ । ६ अंकसहित टोली छैटौं स्थानमा छ ।

लगातार चौथो जितसँगै अल इत्तिहाक शीर्षस्थान र अल अहली दोस्रो स्थानमा छन् । इत्तिहाक गोलअन्तरमा माथि रहेको हो । राति नै भएको खेलमा अल अहलीले तल ताइलाई २–० ले हराएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो