चैत्र १३, २०८२ शुक्रबार | २१:०६:११
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोलीको बिदाई

काठमाडौं, (खेलाडी)- एएफसी यु-२३ एसियन कप छनोटका लागि ताजकिस्तान जाने नेपाली टोलीको बिदाई गरिएको छ । 

नेपाली टोलीलाई साेमबार युवा तथा खेदकुद मन्त्री महेश्वरजंग गहतराज, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उमेन्द्रमान सिंह, एन्फा कार्यवहाक महासचिव अरुणमान शाक्य लगायतले बिदाई गरे ।

नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ । नेपालले शुक्रबार इन्डोनेसियाको यु-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । 

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले पर्याप्त तयारीको समय नपाएपनि साफ च्याम्पियनसिप उपविजेता टोलीका ६ खेलाडीको आगामनले टोलीको मनोबल बढेको बताए । महर्जनले आफुहरुको लक्ष्य उत्कृृष्ट पाँच उपविजेता भित्र पर्दै सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने रहेको बताए ।

प्रतियोगिताका लागि महर्जनले आइतबार साफ च्याम्पियनसिप उपविजेता टोलीका ६ खेलाडीलाई समावेश गर्दै  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए ।

समूह ’बी’ मा रहेको नेपालले पहिलो खेलमा कार्तिक आठमा इरानसँग खेल्ने छ भने दोस्रो खेल कार्तिक ११ मा आयोजक ताजकिस्तान र अन्तिम खेल कार्तिक १४ मा लेबननसँग खेल्नेछ ।

छनोट चरणमा ११ समूह रहेका छन् । जहाँबाट प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट पाँच उपविजेता गरि १६ टोली सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु-२३ एसियन कपमा छनोट हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो