चैत्र ५, २०८२ बिहीबार | ०७:४२:१५
बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा

दुई वर्षमा विश्वकप गर्ने प्रस्ताब पैसा कमाउने प्रयासमात्र : आइओसी

जुरिच, (खेलाडी)- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्ने फिफाको योजनामाथि छलफल चाहेको जनाएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनो प्रत्येक दुई वर्षमा पुरुष विश्वकप आयोजनाको प्रस्ताबमाथि सहमति जुटाउने उद्देश्यका साथ विश्व भ्रमणमा छन् । प्रत्येक चार वर्षमा हुँदै आएको विश्वकपलाई दुई वर्षको अन्तरालमा झार्ने प्रस्ताबमाथि डिसेम्बरमा हुने फिफा कांग्रेसमा मतदान हुनेछ । 

फिफाको यो प्रस्ताबको विभिन्न महादेशीय महासंघ, राष्ट्रिय संघ तथा खेलाडी र समर्थक युनियनहरुबाट आलोचना भइरहेको छ । आलोचनाकै बीचमा आइओसीले पनि फिफाको यो प्रस्ताबलाई फगत पैसा कमाउने प्रयासका रुपमा अर्थ्याएको छ । आइओसीले पुरुष विश्वकप प्रत्येक दुई वर्षमा आयोजना गर्दा त्यसले अन्य खेलमा प्रभव पार्ने र लैंगिक समानता तथा खेलाडीको हितमाथि प्रहार गर्ने भन्दै यसमाथि थप छलफल आवश्यक ठानेको जनाएको छ । 

‘अन्य खेलका थुप्रै अन्तर्राष्ट्रिय महासंघ, राष्ट्रिय फुटबल संघहरु, क्लबहरु, खेलाडीहरु, खेलाडी संघ र प्रशिक्षकहरुले फिफाको यो प्रस्ताबमाथि गम्भीर असहमति राखिरहेका छन्,’ आइओसीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दुई विश्वकपबीचको समय कम गर्दा यसले टेनिस, साइक्लिङ, गल्फ, जिम्न्यास्टिक, पौडी, एथ्लेटिक्स, फर्मुला वानलगायत अन्य थुप्रै खेललाई प्रभावित गर्छ । यसले फुटबलवाहेक अन्य खेलको विविधता र विकासक्रममाथि धावा बोल्छ ।’

आइओसीले पुरुष फुटबललाई यसरी धेरै महत्व दिँदा महिला फुटबलको प्रवद्र्धनमा पनि नकारात्मक अशर पर्ने दाबी गरेको छ । यसैगरी पुरुष खेलाडीलाई पनि यसले ठूलो मानसिक र शारिरिक दबाब दिने भन्दै आइओसीले प्रत्येक दुई वर्षमा विश्वकप गर्ने फिफाको प्रस्ताबको विपक्षमा मत जाहेर गरेको छ । 

‘आइओसी अन्य थुप्रै खेलका अन्तर्राष्ट्रिय महासंघ तथा फुटबलका सरोकारवालाहरुको प्रतिनिधित्व गर्दै फिफाको निर्णयप्रति चासो प्रकट गर्दछ । सबै सरोकारवाला तथा समग्र खेलकुद परिवारकै वृहत छलफलविना यस्तो निर्णय गर्नु उचित नहुनेतर्फ पनि फिफालाई सचेत गराउन चाहन्छ । यो फुटबलकोमात्र विषय होइन,’ आइओसीले भनेको छ ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं