माघ १७, २०८२ शनिबार | ०३:२४:३०
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

दुई वर्षमा विश्वकप गर्ने प्रस्ताब पैसा कमाउने प्रयासमात्र : आइओसी

जुरिच, (खेलाडी)- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्ने फिफाको योजनामाथि छलफल चाहेको जनाएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनो प्रत्येक दुई वर्षमा पुरुष विश्वकप आयोजनाको प्रस्ताबमाथि सहमति जुटाउने उद्देश्यका साथ विश्व भ्रमणमा छन् । प्रत्येक चार वर्षमा हुँदै आएको विश्वकपलाई दुई वर्षको अन्तरालमा झार्ने प्रस्ताबमाथि डिसेम्बरमा हुने फिफा कांग्रेसमा मतदान हुनेछ । 

फिफाको यो प्रस्ताबको विभिन्न महादेशीय महासंघ, राष्ट्रिय संघ तथा खेलाडी र समर्थक युनियनहरुबाट आलोचना भइरहेको छ । आलोचनाकै बीचमा आइओसीले पनि फिफाको यो प्रस्ताबलाई फगत पैसा कमाउने प्रयासका रुपमा अर्थ्याएको छ । आइओसीले पुरुष विश्वकप प्रत्येक दुई वर्षमा आयोजना गर्दा त्यसले अन्य खेलमा प्रभव पार्ने र लैंगिक समानता तथा खेलाडीको हितमाथि प्रहार गर्ने भन्दै यसमाथि थप छलफल आवश्यक ठानेको जनाएको छ । 

‘अन्य खेलका थुप्रै अन्तर्राष्ट्रिय महासंघ, राष्ट्रिय फुटबल संघहरु, क्लबहरु, खेलाडीहरु, खेलाडी संघ र प्रशिक्षकहरुले फिफाको यो प्रस्ताबमाथि गम्भीर असहमति राखिरहेका छन्,’ आइओसीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दुई विश्वकपबीचको समय कम गर्दा यसले टेनिस, साइक्लिङ, गल्फ, जिम्न्यास्टिक, पौडी, एथ्लेटिक्स, फर्मुला वानलगायत अन्य थुप्रै खेललाई प्रभावित गर्छ । यसले फुटबलवाहेक अन्य खेलको विविधता र विकासक्रममाथि धावा बोल्छ ।’

आइओसीले पुरुष फुटबललाई यसरी धेरै महत्व दिँदा महिला फुटबलको प्रवद्र्धनमा पनि नकारात्मक अशर पर्ने दाबी गरेको छ । यसैगरी पुरुष खेलाडीलाई पनि यसले ठूलो मानसिक र शारिरिक दबाब दिने भन्दै आइओसीले प्रत्येक दुई वर्षमा विश्वकप गर्ने फिफाको प्रस्ताबको विपक्षमा मत जाहेर गरेको छ । 

‘आइओसी अन्य थुप्रै खेलका अन्तर्राष्ट्रिय महासंघ तथा फुटबलका सरोकारवालाहरुको प्रतिनिधित्व गर्दै फिफाको निर्णयप्रति चासो प्रकट गर्दछ । सबै सरोकारवाला तथा समग्र खेलकुद परिवारकै वृहत छलफलविना यस्तो निर्णय गर्नु उचित नहुनेतर्फ पनि फिफालाई सचेत गराउन चाहन्छ । यो फुटबलकोमात्र विषय होइन,’ आइओसीले भनेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।