अल्भारो मोराटा

मोराटा अनुबन्धका लागि अल तावुनको प्रस्ताव

काठमाडाैं । साउदी अरेवियन क्लब अल तावुनलेस्पेनिस क्लब एट्लेटिको माड्रिडका स्ट्राइकर अल्भारो मोराटा अनुबन्धको प्रस्ताव गरेको छ ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार अल तावुनले मोराटा अनुबन्धबको लिग प्रति सिजन ५० मिलियन युरोको प्रस्ताव गरेको हो । तर अल तावुनले कती सिजनका लागि माेराटा भित्र्याउन चाहेकाे भन्ने खुलाइएकाे छैन । 

मोराटा र एट्लेटिकोबीचको सम्झौता सन् २०२६ सम्म छ । तर राम्रो मुल्य पाएको खण्डमा क्लब मोराटालाई रिलिज गर्न तयार रहेको बताइएको छ ।

सन् २०२० मा इङ्लिस क्लब चेल्सीबाट एट्लेटिको मड्रिड पुगेका ३६ स्पेनिस ला लिगा खेलमा १३ गोल गरे ।

मोराटाले सन् २०२० देखि २०२२ सम्म इटालियन सिरीको क्लब युभेन्टसबाट लोनमा खेलेका थिए ।

स्पेनिस क्लब रियल मड्रिडका पूर्व स्ट्राइकर करिम बेन्जेमा आगामी सिजनका लागि अल इत्तिहादमा अनुबन्ध भइसकेका छन् । साउदीका क्लबले युरोपबाट खेल्दै आएका धेरै खेलाडीलाई साउदी प्रो लिगमा भित्र्याउन प्रयास गरिरहेका छन् ।