चैत्र १३, २०८२ शुक्रबार | १२:५२:४०
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

खुमलटारमाथि संकटाको सहज जित

काठमाडौं । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनको एफसी खुमलटारमाथि ३-० को सहज जित निकालेको छ ।

जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ । पराजय ब्यहोरेको खुमलटारको समान खेलबाट २४ अंक छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार सम्पन्न खेलमा संकटालाई जित दिलाउन निशान खड्का, आयुष घलान र चन्दनकुमार दासले समान एक गोल गरे ।

१६औं मिनेटमा निशानले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै संकटालाई जित दिलाएका थिए ।

३६औं मिनेटमा आयुष घलानको प्रहार बारमाथिबाट बाहिरिँदा संकटाले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

३८औं मिनेमा आयुषले टोलीको अग्रता दोब्बर बनाए । आयुषले मनिष पौडेलको पासलाई पोस्टको दिशा दिएका थिए ।

७८औं मिनेटमा चन्दनले गोल गर्दै संकटालाई ३-० को सहज जित दिलाए ।

जितसँगै संकटाले खुमलटारविरुद्ध लिग डबल(दुवै भेटमा पराजित) गरेको छ । पहिलो भेटमा संकटा १-० ले विजयी भएको थियो । 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो