चैत्र १०, २०८२ मंगलबार | १८:४२:०९
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो एपिएफ

फाइल फोटो

काठमाडौ । अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब थ्री स्टार क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।

बराबरीसँगै एपिएफले २४ खेलमा आठ जित, ६ बराबरी र १० हारको नतिजासहित ३० अंक जोडेको छ । थ्री स्टारको समान खेलमा ६ जित, १० बराबरी र आठ हारको नतिजासहित २८ अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनीबार सम्पन्न खेलमा एपिएफका लागि मणिकुमार लामा र थ्री स्टारका लागि सुनिल तामाङले गोल गरे ।

खेलको २३ औं मिनेटमा मणिको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । मणिले कप्तान नवीन लामाको पासमा बललाई पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

३०औं मिनेटमा थ्री स्टारका योगेश गुरुङले बराबरी गर्ने सुनौलो अवसर गुमाए । अनिल महर्जनको क्रसमा एपिएफका गोलकिरप राजु योगी बिट भइसकेको अवस्थामा योगेशको प्रहार पोल नजिकैबाट बाहिरिएको थियो ।

६७औं मिनेटमा नवीनको प्रहारलाई थ्री स्टारका गोकिपर अरुण ब्लोनले बचाए ।

८६औं मिनेटमा सुनिलले थ्रिस्टारलाई बारबरीमा ल्याए । सुनिलले योगेशको क्रसलाई हाफ भलीमार्फत पोस्टको दिशा दिएका थिए ।

थ्री स्टारले पछिल्लो पटक ११औं चरणमा संकटालाई ३-० ले पराजित गरेको थियो । त्यसयताका १२ खेलमा थ्री स्टारले सात बराबरी र ६ हारको नतिजा निकालेको छ।

एपिएफ लिगमा थ्रीस्टारविरुद्ध अपराजित रह्यो । पहिलो भेटमा एपिएफले थ्री स्टारलाई २-० ले पराजित गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो