चैत्र ६, २०८२ शुक्रबार | २२:०१:०४
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

एन्फालाई ‘ए’ डिभिजन क्लबकाे ध्यानाकर्षण

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानकर्षण गराएका छन् ।

‘ए’ डिभिजन खेल्ने ३ विभागीय बाहेक ११ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फाको ध्यानाकर्षण गराएका हुन् । पत्रकार सम्मेलनमा ११ क्लबमध्य जावलाखेल बाहेक अन्य क्लबका प्रतिनिधि उपस्थित थिए । 

क्लबहरुले एन्फाले अघिल्लो वर्षकै बाँकी ७ लाख ५० हजार तथा जारी लिगको तयारी रकम स्वरुप पाउनु पर्ने दोस्रो किस्ताको १० लाख रुपैयाँ उपलब्ध नगराएको, लिग व्यवस्थित ढंगले सञ्चालन गर्न नसकेको, एकेडेमी सञ्चालनमा उदासिन देखिएको, समयमै रकम उपलब्ध नहुँदा एकेडेमी बन्द गर्नुपर्ने अवस्था आएको, उमेर समूहका प्रतियोगिताहरु आयोजना गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

यसैगरी क्लबहरुले फुटबलको विकाशमा भन्दा पनि एन्फा कार्यसमिति आफ्नो सेवा सुविधा थप गर्नेमै व्यस्त रहेको, लिगको प्रत्यक्ष प्रशारण रोकिँदा दर्शकहरु खेल हेर्नबाट बञ्चित हुनुपरेको, एन्फाले पर्याप्त मात्रमा म्याच बल उपलब्ध गराउन नसकेको, लिग तालिका अवस्थित हुँदा खेलाडी घाइते हुने क्रम बढेको आरोप लगाए ।

उनीहरुले आफूहरुले जस्तो सुकै परिस्थितीमा पनि फुटबलको विकाशका लागि खेलरहँदा पनि जिम्मेवार निकाय एन्फा भने मौन रहेको र यसले गर्दा आर्थिक संकट बढेको हुँदा एन्फालाई सचेत गराउन बाध्य भएर पत्रकार सम्मेलन गुर्न परेको बताएका छन् ।

संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले आर्थिक अभावका कारण एन्फाले यू-२३ टोलीलाई एसिया कप छनोटमा सहभागी नगराउने निर्णग गरेको भन्नेमा कुनै सत्यताको बताए ।

‘लिग अव्यवस्थित हुँदा अन्यायमा परेको महसुस गरेका छौं। खेलाडीलाई आराम छैन । म्याच मनि पाएका छैनौं। ‘म्यान अफ दि म्याच’को रकम आएको छैन,’ तुलाधरले भने,‘यू-२३ को पनि टिम दर्ता नै गर्न भुलेको हो । अहिले आर्थिक स्थिति कमजोर रहेको कारण देखाउँदै छन् । तर यसमा कुनै सत्यता छैन ।’

पत्रकार सम्मेलनमा मछिन्द्र क्लबका सचिव किरण महर्जन, हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पा, संकटाका अध्यक्ष इन्द्रमान तुलाधर, मनाङ मर्स्याङदी क्लबका अध्यक्ष विजय घले, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई (रुवेन) थ्री स्टारका सहउपाध्यक्ष देवेन्द्र श्रेष्ठ, सातदोबाटो युथ क्लबका अध्यक्ष किशोर राना मगर, न्युरोड टिम एनआरटीका महासचिव नरेन्द्र श्रेष्ठ, फ्रेन्ड्सका प्रतिनिधि विश्वाश विक्रम साह र खुमलटारका उपाध्यक्ष हरिबोल राउतको उपस्थिती थियो । 
 

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो