माघ १८, २०८२ आइतबार | १३:१८:२२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एन्फालाई ‘ए’ डिभिजन क्लबकाे ध्यानाकर्षण

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानकर्षण गराएका छन् ।

‘ए’ डिभिजन खेल्ने ३ विभागीय बाहेक ११ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फाको ध्यानाकर्षण गराएका हुन् । पत्रकार सम्मेलनमा ११ क्लबमध्य जावलाखेल बाहेक अन्य क्लबका प्रतिनिधि उपस्थित थिए । 

क्लबहरुले एन्फाले अघिल्लो वर्षकै बाँकी ७ लाख ५० हजार तथा जारी लिगको तयारी रकम स्वरुप पाउनु पर्ने दोस्रो किस्ताको १० लाख रुपैयाँ उपलब्ध नगराएको, लिग व्यवस्थित ढंगले सञ्चालन गर्न नसकेको, एकेडेमी सञ्चालनमा उदासिन देखिएको, समयमै रकम उपलब्ध नहुँदा एकेडेमी बन्द गर्नुपर्ने अवस्था आएको, उमेर समूहका प्रतियोगिताहरु आयोजना गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

यसैगरी क्लबहरुले फुटबलको विकाशमा भन्दा पनि एन्फा कार्यसमिति आफ्नो सेवा सुविधा थप गर्नेमै व्यस्त रहेको, लिगको प्रत्यक्ष प्रशारण रोकिँदा दर्शकहरु खेल हेर्नबाट बञ्चित हुनुपरेको, एन्फाले पर्याप्त मात्रमा म्याच बल उपलब्ध गराउन नसकेको, लिग तालिका अवस्थित हुँदा खेलाडी घाइते हुने क्रम बढेको आरोप लगाए ।

उनीहरुले आफूहरुले जस्तो सुकै परिस्थितीमा पनि फुटबलको विकाशका लागि खेलरहँदा पनि जिम्मेवार निकाय एन्फा भने मौन रहेको र यसले गर्दा आर्थिक संकट बढेको हुँदा एन्फालाई सचेत गराउन बाध्य भएर पत्रकार सम्मेलन गुर्न परेको बताएका छन् ।

संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले आर्थिक अभावका कारण एन्फाले यू-२३ टोलीलाई एसिया कप छनोटमा सहभागी नगराउने निर्णग गरेको भन्नेमा कुनै सत्यताको बताए ।

‘लिग अव्यवस्थित हुँदा अन्यायमा परेको महसुस गरेका छौं। खेलाडीलाई आराम छैन । म्याच मनि पाएका छैनौं। ‘म्यान अफ दि म्याच’को रकम आएको छैन,’ तुलाधरले भने,‘यू-२३ को पनि टिम दर्ता नै गर्न भुलेको हो । अहिले आर्थिक स्थिति कमजोर रहेको कारण देखाउँदै छन् । तर यसमा कुनै सत्यता छैन ।’

पत्रकार सम्मेलनमा मछिन्द्र क्लबका सचिव किरण महर्जन, हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पा, संकटाका अध्यक्ष इन्द्रमान तुलाधर, मनाङ मर्स्याङदी क्लबका अध्यक्ष विजय घले, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई (रुवेन) थ्री स्टारका सहउपाध्यक्ष देवेन्द्र श्रेष्ठ, सातदोबाटो युथ क्लबका अध्यक्ष किशोर राना मगर, न्युरोड टिम एनआरटीका महासचिव नरेन्द्र श्रेष्ठ, फ्रेन्ड्सका प्रतिनिधि विश्वाश विक्रम साह र खुमलटारका उपाध्यक्ष हरिबोल राउतको उपस्थिती थियो । 
 

 

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।