चैत्र ६, २०८२ शुक्रबार | ११:३६:२८
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

महिला फुटबलमा काठमाडौंलाई स्वर्ण

हेटौंडा । काठमाडौंले दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत महिला फुटबलमा स्वर्ण जितेको छ ।

गौरीटार रंगशालामा बिहीबार भएको फाइनलमा काठमाडौंले सिन्धुलीलाई २-०ले पराजित गरेको हो ।

खेलको १०औं मिनेटमा सुजिता घलानले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएकी थिइन् । ५८औं मिनेटमा मनिषा थापा मगरले गोल गर्दै  टोलीलाई २-० को जित दिलाइन् ।

काठमाडौंकी सरिता ऐर प्रतियोगिताको सर्वोकृष्ट खेलाडी  र उत्कृष्ट फर्वाड घोषित भइन् ।

अन्य व्यक्तिगत उत्कृष्टमा काठमाडौंकी झरना नगरकोटी गोलकिपर, सिन्धुलीकी सन्जिता मगग रक्षक तथा काठमाडौंका देवेन्द्रजंग प्रशिक्षक चुनिए । प्रतियोगिता भर चार गोल गरेकी काठमाडौंकी मनिषा थापा मगर सर्वाधिक गोलकर्ता बनिन् ।

विजेतालाई सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशकी मन्त्री कुमारी मोक्तान, बागमती प्रदेशकी सांसद् स्वरुपा भुजेल, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका सचिव रामकृष्ण पुडासैनी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरील गायतले पुरस्कृत गरे ।

महिला फुटबलमा नौ टोलीको सहभागिता थियो ।

यसैगरी पुरुष फुटबलमा काठमाडौं र मकवापनुर स्वर्णका लागि शनिबार भिड्ने भएका छन् ।

पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनलमा काठमाडौंले ललितपुरलाई १-० ले पराजित गरेको थियो । काठमाडौंका लागि कब्बु कन्दङवाले निर्णायक गोल गरे ।

मकवानपुरले काभ्रेपलान्चोकमाथि ३-० को सहज जित निकाल्यो । मकवानपुरका लागि प्रितम स्याङबोले तथा अभिषेक लामाले समान एक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो