चैत्र १४, २०८२ शनिबार | १८:०९:५०
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

साफ च्याम्पियनसिपका लागि लिग रोक्ने तयारी !

काठमाडौं । भारतको बेङलुरुमा असार ६ गतेबाट सुरु हुने दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १४औं संस्करणको तयारीका लागि काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग स्थगित गर्ने विषयमा छलफल सुरु भएको छ ।

राष्ट्रिय टोलीका इटालियन मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले साफ च्याम्पियनसिपको तयारीलाई लामो समय उपलब्ध गराउन अनुरोध गरेपछि सरोकारवालाबीच अनौपचारिक रुपमा यस्तो छलफल सुरु भएको हो । प्रशिक्षक एनेसको भावना प्रतिनिधित्व गर्दै राष्ट्रिय टोली तयारी समितिका संयोजक एवं अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य मनिष जोशीले राम्रो नतिजाका लागि लामो तयारी अनिवार्य हुने बताए ।

लिग पुर्वनिर्धारित तालिकाअनुसार गरे साफ च्याम्पियनसिपको लागि राष्ट्रिय टोलीले एक हप्ताको पनि तयारी समय पाउदैन । एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार जेठ २७ गते लिग सम्पन्न हुनेछ । साफ च्याम्पियनसिपको तयारीलाई भन्दै एन्फाले जेठ ३२ गते फिलिपिन्ससँग मनिलामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय गरिसकेको छ । एन्फाका महासचिव किरण राईका अनुसार लिग सकिनेवित्तिकै राष्ट्रिय टोली फिलिपिन्स जानेछ र उतैबाट साफ च्याम्पियनसिप खेल्न बेङलुरु लाग्नेछ ।

त्यसो हुँदा लिग सकिएपछि साफ च्याम्पियनसिप सुरु हुने दिनसम्ममा बाँकी रहने ११ दिनमध्ये दुई दिन खेलाडीले हवाई यात्रामा बिताउनुपर्नेछ । दुई दिनको यात्राको थकान मेटाउन दुई दिन आराम गर्दा मुस्किलले ६ दिन मात्र तयारी गर्न पाउने भएकाले टिम नेतृत्वले लिगको तालिका परिमार्जन गर्दै राष्ट्रिय टोलीलाई पर्याप्त समय उपलब्ध गराउन अनुरोध गरेको हो ।

जोशीले दशरथ रंगशाला, च्यासल र सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी लिगमा प्रत्येक टिमले दिन बिराएर खेल्नुपर्ने हुँदा खेलाडी निक्कै थकित भएको र घाइते हुने सम्भावना बढेकाले उनीहरुलाई आराम दिनुपर्ने बताए । उनले लिग सारेर भए पनि राष्ट्रिय टोलीको तयारीका लागि पर्याप्त समय उपलब्ध गराउनुपर्नेमा जोड दिँदै त्यसो गरेमात्र राम्रो नतिजा ल्याउने सम्भावना रहने बताए ।

लिगमा खेलाडीले दिन बिराएर खेल्नुपर्ने अवस्था छ । खेलाडी एकदमै थाकेका छन् । केही खेलाडीमा सामान्य चोट छ । अरु पनि घाइते हुने सम्भावना निक्कै बढिरहेको छ । खेलाडीलाई साफ च्याम्पियनसिपमा राम्रो नतिजा ल्याउनका लागि राम्रो तयारी आवश्यक छ । त्योभन्दा पहिला आराम आवश्यक छ।

‘लिगमा खेलाडीले दिन बिराएर खेल्नुपर्ने अवस्था छ । खेलाडी एकदमै थाकेका छन् । केही खेलाडीमा सामान्य चोट छ । अरु पनि घाइते हुने सम्भावना निक्कै बढिरहेको छ । खेलाडीलाई साफ च्याम्पियनसिपमा राम्रो नतिजा ल्याउनका लागि राम्रो तयारी आवश्यक छ । त्योभन्दा पहिला आराम आवश्यक छ,’ जोशीले खेलाडी डटकमसँग भने, ‘मैले यो विषयमा एन्फाका अध्यक्ष, महासचिव र लिग निर्देशक ज्युहरुसँग कुरा गरिसकेको छु ।’

जोशीले सोमबार मुख्य प्रशिक्षक एनेस र शीर्ष डिभिजनको क्लबका प्रशिक्षकहरुबीच साफ च्याम्पियनसिपको तयारीका लागि बैठक आह्वान गरे पनि चार क्लबका प्रशिक्षकमात्र उपस्थित भएको बताए । बैठकमा उपस्थित चार क्लबका प्रशिक्षकहरुले साफ च्याम्पियनसिपसम्मका लागि लिग रोक्न सहमति जनाएको पनि उनले बताए ।

एन्फा महासचिव किरण राईले अनौपचारिक रुपमा छलफल अघि बढेको पुष्टि गर्दै एन्फा नेतृत्व भने तालिकाअनुसार लिग गर्नेमा प्रतिबद्ध रहेको बताए । काठमाडौं उपत्यकाका तीन मैदानमा जारी लिगको पहिलो चरणअन्तर्गत सबै क्लबले १३ खेल खेलिसकेका छन् । मंगलबारबाट दोस्रो चरण सुरु हुने तालिका छ ।

‘केही साथीहरुले साफ च्याम्पियनसिपको तयारीका लागि समय पुग्दैन की भनेर लिग पुर्नतालिकाको छलफल चलाइरहनुभएको छ । तर एन्फाको तर्फबाट त्यस्तो कुनै प्रस्ताब छैन । हामीले एन्फा कार्यसमितिको निर्णयअनुसार लिगको दोस्रो चरणको तालिका सार्वजनिक गरिसकेका छौं । त्यही अनुसार लिग हुन्छ,’ महासचिव राईले भने, ‘यदी क्लबहरुले लिग पुर्नतालिका गर्नु राम्रो हुन्छ भन्ने प्रस्ताव ल्याउनुभयो भने छलफल हुन सक्छ ।’

यो अवस्थामा आएर लिग रोक्नु कुनै पनि हालतमा व्यवहारिक हुन्न । प्रत्येक टिमले लिगका लागि भनेर पाँच जना विदेशी खेलाडी अनुबन्ध गरेका छन् । हामीले विदेशी खेलाडीसँग सीमित समयका लागि सम्झौता गरेका छौं । लिग लम्बिँदा कसरी विदेशी खेलाडी व्यवस्थापन गर्ने ? त्यसको खर्च कसले बेहोर्ने ? पूरा टिमलाई थप समय क्लोज क्याम्प राख्दाको व्यवस्थापन कसले हेर्ने ?

जारी लिगको शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री दोस्रो चरण सुरु भइसकेपछि तालिका परिवर्तन सम्भव नहुने बताए । ‘हामी खेल्नका लागि तयार छौं । मंगलबारबाट दोस्रो चरणको लिग सुरु हुँदैछ । अब कहिले रोक्ने ? कसरी रोक्ने ?,’ एन्फाको केन्द्रिय सदस्य समेत रहेका क्षेत्रीले आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताउँदै भने, ‘यो अवस्थामा आएर लिग रोक्नु कुनै पनि हालतमा व्यवहारिक हुन्न । प्रत्येक टिमले लिगका लागि भनेर पाँच जना विदेशी खेलाडी अनुबन्ध गरेका छन् । हामीले विदेशी खेलाडीसँग सीमित समयका लागि सम्झौता गरेका छौं । लिग लम्बिँदा कसरी विदेशी खेलाडी व्यवस्थापन गर्ने ? त्यसको खर्च कसले बेहोर्ने ? पूरा टिमलाई थप समय क्लोज क्याम्प राख्दाको व्यवस्थापन कसले हेर्ने ? यो हुने कुरा होइन ।’

एन्फाका पूर्व महासचिव एवं संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले पनि ‘छलफल चलेको त टुंगो नलागेको’ बताए । मंगलबार अपरान्ह एन्फा नेतृत्व र क्लबका पदाधिकारीबीच हुने बैठकमा लिग पुर्नतालिकाको माग राख्ने जानकारी गराए ।

‘हामीले मंगलबार १२ बजे अध्यक्ष र महासचिवसँग भेटनका लागि समय मागेका छौं । त्यहाँ हामीले गत वर्षको लिगको बाँकी रहेको प्र्रत्येक क्लबले पाउनुपर्ने साढे सात लाख रुपैयाँ र जारी लिगको तयारी खर्चवापतको दोस्रो किस्ता तत्काल दिन ध्यानाकर्षण गराउनेछौं,’ तुलाधरले भने, ‘सँगै लिगको तालिका अत्यन्तै व्यस्त भएकाले खेलाडी घाइते हुने सम्भावना बढि भयो । यसकारण तालिका रिसेड्युल गर्ने विषयमा पनि कुरा उठाउनेछौं । त्यसो गर्दा साफ च्याम्पियनसिप पछि गरे पनि हामीलाई आपत्ति हुने छैन ।’

तुलाधरका अनुसार अघिल्लो वर्षको पाउनुपर्ने साढे सात लाख रुपैयाँको बिल क्लबहरुले एन्फामा बुझाइसकेका छन् । यसपालीको तयारी खर्च ३२ लाख ५० हजारमध्ये १५ लाख रुपैयाँ प्रत्येक क्लबले लिग सुरु हुनुपूर्व लिइसकेका छन् । दोस्रो किस्तावापतको १० लाख रुपैयाँ दोस्रो चरण सुरु हुनुभन्दा पहिला दिने क्लब र एन्फाबीच सहमति भएको थियो । बाँकी साढे सात लाख चाँही लिग सकिएपछि दिने सहमति छ ।

साफ च्याम्पियनसिपको तयारीका लागि समय पुग्दैन भन्ने कुरा गलत हो । केही क्लबहरु लिग रोक्ने पक्षमा हुनुहुन्छ । तर सबै १४ क्लबले लिखित रुपमा लिग रोक्ने माग गरेमा मात्र लिग रोक्न सकिन्छ । अन्यथा तोकिएकै समयमा खेल हुन्छन्।

एन्फाका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता समितिका संयोजक वीरबहादुर खड्काले लिग पूर्वनिर्धारित तालिकाअनुसार नै हुने बताए । ‘साफ च्याम्पियनसिपको तयारीका लागि समय पुग्दैन भन्ने कुरा गलत हो । केही क्लबहरु लिग रोक्ने पक्षमा हुनुहुन्छ । तर सबै १४ क्लबले लिखित रुपमा लिग रोक्ने माग गरेमा मात्र लिग रोक्न सकिन्छ । अन्यथा तोकिएकै समयमा खेल हुन्छन्,’ उनले भने ।

सार्क गोल्डकपको नाममा पाकिस्तानबाट १९९३ मा सुरु भएको प्रतियोगितामा अहिलेसम्म १३ संस्करण भएका छन् । त्यसमा आठ पटक उपाधि जितेको भारत सबभन्दा सफल टोली हो भने दुई पटक च्याम्पियन भएको माल्दिभ्स दोस्रो सफल टोली हो । श्रीलंका, बंगलादेश र अफगानिस्तानले समान एक पटक उपाधि जितेका छन् । २००३ मा बंगलादेशमा भएको पाँचौं संस्करणबाट साफ च्याम्पियनसिपमा समावेश गरिएको अफगानिस्तानले २०१८ मा बंगलादेशमै भएको १२औं संस्करणसम्म सहभागिता जनाएको थियो । त्यसयता टोलीले दक्षिण एसिया छोडेर मध्य एसियामा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतियोगिताको सबभन्दा सफल टोली भारत र दुई पटकको च्याम्पियन माल्दिभ्सले साफ  च्याम्पियनसिपका लागि तयारी सुरु गरिसकेका छन् । जवकि नेपालको भने अझैसम्म औपचारिक तयारी सुरु भएको छैन । नेपाली टोलीले बैशाख महिनामा दुई पटक मात्र रणनीतिक तयारीका नाममा अभ्यास गरेको छ ।

भारतले मार्चमा किर्गिस्तान र म्यानमार सम्मिलित त्रिदेशीय कपको उपाधि जितेको थियो । नेपालले भने लाओस र भुटान रहेको त्रिदेशीय कप मुस्किले जितेको थियो ।

नेपाली टोलीका प्रशिक्षक एनेसले साफ च्याम्पियनसिपका लागि २६ खेलाडीलाई बोलाएका छन् । प्रशिक्षकको उक्त निर्णयमाथि केही क्लबका पदाधिकारीहरुले आपत्ति जनाएका छन् । एक क्लबका प्रशिक्षक भन्छन्, ‘लिगले गर्दा खेलाडी घाइते होलान भन्ने चिन्ता गर्ने प्रशिक्षकले जम्मा २६ खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाउनु हास्यास्पद कुरा हो । उनले कम्तिमा सबै पोजिसनमा तीन खेलाडीको विकल्प राख्नुपर्थ्यो । खेल्नु भन्दा एक हप्ताअघि अन्तिम टोली घोषणा गरेको भए हुन्थ्यो । त्यसो गरेको भए कोही घाइते भए पनि उनीसँग तत्काल विकल्प हुन्थ्यो ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो