चैत्र १३, २०८२ शुक्रबार | ०९:१०:२६
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

भियतनामविरुद्ध नेपाल ३-० ले पछाडी

काठमाडौं ।  पेरिस ओलम्पिक २०२४ एसियाली छनोट अन्तर्गत पहिलो चरणको खेलको पहिलो हाफमा भियतनामसँग नेपाल ३-० ले पछाडी परेको छ ।

त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा जारी पहिलो खेलको ११ औं मिनेटमा फाम हायी यनले भियतनामलाई अग्रता दिलाएकी थिइन् । हायीले नुयेन थी टुयेट डुङको क्रसमा गरेको हेडरले जाली चुमेको थियो ।

३६ औं मिनेटमा कप्तान हुइन न्हुले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । हुइनको प्रहार अमृता जैंशीको हातमा लाग्दा प्राप्त पेनाल्टीलाई  उनैले सदुपयोग गरिन्  ।

त्यसको दुई मिनेटपछि  न्युएन थी बीच थुइको प्रहार अमृताको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा भियतनाम ३-० ले अघि बढ्यो । 

 खेलमा भियतनामले अन्य थुप्रै अवसरहरु सृजना गरेको थियो । नेपालले पनि एउटा सुन्दर मौकालाई सदुपयोग हुन सकेन ।

खेलको सातौं मिनेटमा त्रान थी थु थाओको क्रशमा फाम हायीले गरेको फितलो प्रहार एन्जिलाले बचाइन् । त्यसको दुई मिनेटपछि दीपा शाहीको पासमा डिबक्स भित्र अनमार्क रहेकी अमिषा कार्कीको प्रहार बाहिरिएको थियो । 

यसअघि नेपाल र भियतनामसम्मेलित समूह ‘सी' मा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका थिए । तर अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि यस समूहमा मात्र दुई टोली बाँकी छन ।

जसका कारण नेपाल र भियतनामले दुई लेगको छनोट चरणमा प्रतिस्पर्धा गर्न लागेका हुन् । दोस्रो खेल शनिबार हुनेछ ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो