चैत्र ८, २०८२ आइतबार | ०९:०२:२९
पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई

चेन्चो अनुबन्धको प्रक्रिया पूरा, आइतबार सार्वजनिक गरिने

काठमाडौं । मछिन्द्र फुटबल क्लबले भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेन अनुबन्ध गर्ने प्रक्रिया पूरा गरेको छ ।

पछिल्ला दुई सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको मछिन्द्रले फिफा विश्रामपछि खेलाउने गरि चेन्चोलाई अनुबन्धन गरेको हो।

मछिन्द्र र चेन्चोबीच दुई महिनाको सम्झौता भएको तथा आइतबार औपचारिक रूपमा सर्वाजनिक गरिने फुटबल एजेन्ट तथा क्लबका पूर्व पदाधिकारी नवीन चित्रकारले बताएका छन् ।

‘चेन्चोलाई अनुबन्ध गर्ने सबै प्रक्रिया पूरा भएको छ । दुई महिनाका लागि सम्झौता भएको हो,’चित्रकारले भने,‘ आइतबार सार्वजनिक गर्नेछौं ।’

प्रधानमन्त्री थ्री नेसन्स कप खेल्न आएका चेन्चो हाल काठमाडौँमा छन्। भुटानसँगै घरेलु टिम नेपाल र लाओस सहभागी हुने यो प्रतियोगितापछि चेन्चो काठमाडौँमै रही मछिन्द्रसँग अभ्यास सुरु गर्नेछन् ।

जारी सिजन खराब सुरुआत गरेको मछिन्द्र चेन्चोको आगमनसँगै बलियो बन्ने अपेक्षा छ । सुरुआती दुई खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजय भोगेको मछिन्द्रले त्यसपछि जम्मा एक खेल जितेको छ। पाँच खेल खेल्दा पाँच अंक नै बटुलेको मछिन्द्र हाल ११ औँ स्थानमा छ।

यो सिजन मछिन्द्रको अग्रपंक्तिको प्रदर्शन पनि सोचे अनुसारको हुन सकेको छैन। अफ्रिकी स्ट्राइकर ओलावाले अफिजले लिगमा दुई गोल गरेको भए पनि अर्का फरवार्ड विमल घर्ती मगर पूर्णरुपमा फिट हुन संघर्षरत छन्। त्यसमाथि टिमका केही मुख्य खेलाडी पनि विदेसीएपछि मछिन्द्र थप संकटमा छ।

मछिन्द्रले चेन्चोलाई १० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको बताइएको छ । तर क्लबले औपचारीक जानकारी भने दिएको छैन । यदी रकममा भित्रिए चेन्चो लिगकै महँगा खेलाडी बन्नेछन्।  

भर्खरै सम्पन्न आई-लिगमा राउन्डग्लास पन्जाब एफसीलाई च्याम्पियन बन्दा चेन्चोले १२ खेलमा तीन गोल र पाँच असिस्ट गरेका थिए। चेन्चोले दोसो पटक आई लिग जितेका हुन्। उनी सन् २०१७/ १८ सिजनमा मिनेर्भा पन्जाबबाट च्याम्पियन बनेका थिए। व्यवस्थापन परिवर्तन भएपछि मिनेर्भा पन्जाब एफसी बनेको हो।

नेपालका कप्तान किरण कुमार लिम्बुसँग यो सिजनको भारतीय दोस्रो श्रेणीको लिग जितेका चेन्चो सन् २०१७ यता भारतीय फुटबलसँग परिचित छन्। उनले सन २०१८ मा बेंगलुरु फुटबल क्लबसँग आबद्ध भएर इन्डियन सुपर लिग ९आईएसएल० जितेका थिए।

भुटानी राजधानी थिम्पुको यिड्जिन फुटबल क्लबबाट सन् २००८ मा करियर सुरु गरेका चेन्चो २०१५ सम्म घरेलु फुटबलमै व्यस्त रहे। त्यसपछि थाइल्यान्डको बुरिराम युनाइटेडसँग आबद्ध हुँदा उनी विदेशी लिग खेल्ने पहिलो भुटानी खेलाडी बने।

उसो त मछिन्द्रले उनी थाइल्यान्ड जानुअघि नै अनुबन्ध गर्ने खबर आएको थियो। भुटानको अखबार कुइन्सेलले चेन्चोलाई अनुबन्ध गर्न चाहेको खबर छापेको थियो। थाइल्यान्डमै अरु केही क्लबसँग आबद्ध भएका उनी खेल्ने मौका नपाएपछि भुटान फर्किएका थिए।

भुटान फर्किए पनि उनी त्यहाँ धेरै समय बस्न पाएनन्। उनी अक्टोबर, २०१६ मा बंगलादेश पुगे। त्यहाँ चित्तागोङ अबहानीसँग अनुबन्धित भएर बंगलादेशी प्रिमियर लिगमा सात खेल खेले। ती खेलमा उनले पाँच गोल गरेका थिए।

सन् २०१७ मा भुटानत फर्किएर घरेलु लिग खेलेका उनले थिम्पु सिटीका लागि १४ खेलमा २२ गोल गरे। त्यसले उनलाई लिगकै उच्च गोलकर्ता बनायो। त्यही प्रदर्शनले उनलाई अगस्ट, २०१७ मा आई-लिग पुर्याएको थियो। त्यसपछि उनी भारतीय क्लब फुटबलमै व्यस्त रहे। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो