वैशाख ३०, २०८२ मंगलबार | १२:३८:३४
फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी

गल्तीबाट नै पाठ सिक्ने होः कप्तान किरण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले गल्तीहरुबाट पाठ सिक्दै त्यसलाई सुधार गरेर अघि बढ्ने बताएका छन् ।

प्रधानमान्त्री थ्री नेसन्स कप अन्तर्गत मंगलबार भुटानसँग १-१ को बराबरीमा रोकिएको खेलपछि पत्रकारसँग बोल्दै किरणले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘पहिलो हाफमा केही कमजोरी भयो । सायद हामी ओभर कन्फिडेन्स थियौं । आफ्नौ गल्तीले गर्दा गोल खान पुग्यौं । दोस्रो हाफमा गल्तीहरुलाई सुधार गर्दै राम्रो प्रदर्शन गर्यौं,’ किरण भने,‘फुटबलमा कहिले काही गल्तीहरु हुन्छ । त्यसैबाट सिक्दै जाने हो । यसलाई खराब प्रदर्शन भन्न मिल्दैन । ’

किरणले टोलीमा नयाँ खेलाडीको बाहल्यता रहेकाले तालमेलमा केही समस्य भएको बताएका छन् ।

‘टोलीमा नयाँ खेलाडीहरु आइरहेका छन् । उनीहरुलाई एकै चोटी राम्रो गर्न गाह्रो हुन्छ । प्रतियोगिता अगाडी धेरै दिन अभ्यास गर्न नपाएकाले तालमेलमा पनि केही समस्या छ । यसलाई सुधार गर्दै अघि बढ्ने हो । फाइनलमा राम्रो प्रदर्शन हुने आशा छ ।’

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीले गल्तीहरुलाई सुधार गर्दै फाइनलका लागि तयारी गर्ने बताएका छन् ।

 

 

‘हामी फाइनलमा पुगेका छौं । अब फाइनलका लागि केन्द्रित हुने छौं । पहिलो हाफ सोचे अनुरुपका प्रदर्शन हुन नसके पनि दोस्रो हाफमा राम्रो प्रदर्शन भयो । टोलीमा नयाँ खेलाडी छन् । उनीहरुबाट गल्तीहरु पनि भइरहेको छ । तर हामी यसलाई सुधार गर्दै अघि बढ्ने छौं । फाइनलमा राम्रो प्रदर्शन हुनेमा विश्वास छ ।’

भुटानका प्रशिक्षक पेमा पेमाले बराबरीमा पनि आफू खुसी रहेको बताएका छन् ।

हामीलाई समर्थन गरेकोमा सबैलाई धेरै धेरै धन्यवाद, खेल योजना अनुसार नै चलिरहेको थियो । तर अन्तिम समयमा गोल खान पुग्यौं । जित्न लागिसकेको खेल बराबरीमा रोकिनु पर्दा केही दुःख त लागेको छ । लाओसविरुद्धको सेटलाई नै मैदान उतारेका थियौं,’ पेमाले भने‘ मैले खेलाडीलाई १-० को जित भए पनि हुन्छ भनेको थिए । हामी त्यसको नजिक पनि पुगेका थियौं । पहिलो पटक नेपालसँग बराबरी खेल्यौं । यसमा भने म खुसी छु ।’

पेमाले नेपालको प्रर्दशन खस्किएको प्रतिक्रिया दिएका छन् ।

 

 

‘नेपालको प्रदर्शन खस्किएको जस्तो लाग्यो । नयाँ कोच भएर पनि होला,’ पेमाले भने,‘ नयाँ कोचसँग घुलमिल हुन केही समय लाग्छ । हाम्रो प्रदर्शनमा सुधार हुँदै गएको छ । आजको खेलामा पनि डोमिनेट गरेका थियौं । यो बराबरीले शीर उचो बनाएको छ ।’

दीपकराज सिंह ठकुरीले अन्तिम समयमा गोल गरेपछि नेपाल  भुटानसँग १-१ को बराबरीमा रोकिएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । नोर्बुले दावा छिरिङको कर्नरमा  हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।

खेलको ९० औं मिनेटमा दीपकले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । दीपकले निशान खड्काको कर्नर क्रसमा अनन्त तामाङबाट आएको हेडरमा  हेडरमार्फत नै गोल गरेका थिए । दिपकको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

योसँगै भुटानविरुद्ध नेपालको विजयी यात्रामा पनि पुर्णविराम लागेको छ । नेपालले यसअघिका १२ वटै खेलमा जित निकालेको थियो ।

यस बराबरीसँगै दुई खेलमा चार अंक जोडेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । भुटान दुई खेलमा एक अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो ।

अब नेपालले शुक्रबार हुने फाइनलमा लाओसको सामना गर्नेछ । लाओस दुई खेलमा तीन अंक जोडेर दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP