युरो कप छनोट

स्विडेन र अस्ट्रियाको जित

काठमाडौं । युरो कप छनोट अन्तर्गत समूह ‘एफ’ को खेलमा स्विडेन र अस्ट्रियाले जित निकालेका छन् ।

स्विडेनले सोमबार राति सम्पन्न खेलमा अजरवैजानमाथि ५-० को फराकिलो जित निकालेको हो । स्विडेनको फराकिलो जितमा इमिल फोर्सवर्ग, भिक्टोर ग्योकेरेस, जस्पर कार्लसन र एन्टोनी इलांगाले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

घरेलु मैदान फेन्ड्स एरिनामा खेलको ३८ औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा मुस्ताफजादाले आत्मघाती गोल गर्दा स्विडेन २-० ले अघि बढ्यो ।  

७९ औं मिनेटमा ग्योकेरेर्सले टोलीका लागि तेस्रो गोल गरे । ८८ औं मिनेटमा कार्ल्सन र ८९ औं मिनेटमाएलेन्गाले गोल गर्दा स्विडेन ५-० ले विजजी भयो ।

यही समूहको अर्को खेलमा अस्ट्रियाले घरेलु मैदान राइफफेइसेन एरिनामा  इस्टोनियामाथि २-१ को पुनरागमन जित निकालेको थियो  ।

अस्ट्रियालाई जित फ्लोरिएन काइन्ज र माइकल ग्रगोरिट्सले गोल गरे । इस्टोनियाका राउनो सापिनेनको गोल सान्त्वना बन्यो ।

२५ औं मिनेटमा राउनोले गोल गर्दै इस्टोनियालाई अग्रता दिलाएका थिए ।  ६८ औं मिनेटमा फ्लोरिएनले खेललाई १-१ को बराबरीमा ल्याए । ८८औं मिनेटमा माइकलले गोल गर्दै अस्ट्रिया लाई २-१ को जित दिलाए ।

यस नतिजासँगै समूह एफ’ मा अस्ट्रिया  दुई खेलमा ६ अंक जोडेर शीर्षस्थानमा  छ । समान ३ अंक रहे पनि बेल्जियम दोस्रो तथा स्विडेन तेस्रो स्थानमा रहेको छ । इस्टोनिया र अजरवैजान अंकविहीन छन् ।