खप्तड गोल्ड कप

थ्री स्टार सेमिफाइनलमा

काठमाडौं । ‘ए’ डिभिजन लिग प्रतिद्धन्द्धी फ्रेन्ड्स क्लबलाई १-० ले पराजित गर्दै थ्री स्टार क्लबले मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनमा स्थान सुरक्षित गरेको छ ।

धनगढी रंगशालामा आयतबार सम्पन्न खेलको ५९ औं मिनेटमा दिपेश गुरुङले गरेको गोल नै थ्री स्टारको जितमा निर्णायक बन्यो ।

थ्री स्टारले चैत १६ गते हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत सोमबार हुने खेलमा मनाङ मर्स्याङदी क्लबले बागमती युवा क्लबको सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले २१ लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।