साफ यु-१७ महिला च्याम्पियनसिप

भुटानको पोस्टमा भारतको नौ गोल

काठमाडौं । भारतले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा भुटानमाथि ९-० को फराकिलाे जित निकालेको छ ।

खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियमा आइतबार सम्पन्न खेलमा भारतलाई जित दिलाउन शिल्जी शाजीले पाँच, सिवानी ताेपोले दुई तथा थोइबिस्ना तोइजम र मेनका लोउरेम्बमले समान एक गोल गरे ।

 

शिल्जीले १२ ६२, ६९, ७६ र ७९ औं मिनेटमा गोल गरिन् । यसैगरी सिवानीले ४२ र ६१ औं, थोइबिस्नाले ५६ औँ तथा मेनकाले तेस्रो मिनेटमा गोल गरेका थिए । 

यस जितसँगै भारतले तीन खेलमा ६ अंक जोडेको जोड्दा चारै खेलमा पराजित भुटान अकंविहिन हुँदै बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत आज राति सात बजे सुरु हुने खेलमा नेपालले रुसको सामना गर्दैछ ।