युरो कप छनोट

चोटका कारण जेम्सले युक्रेनविरुद्धको खेल गुमाउने

काठमाडौं । इङ्ल्यान्डका रक्षक रिस जेम्सले युरो कप छनोट-२०२४  अन्तर्गत आइतबार हुने युक्रेनविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटका कारण डिफेन्डर जेम्सले युक्रेनविरुद्धको खेल गुमाउने भएका हुन् । खेल इङ्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ ।

समूह ‘सी’ मा रहेको इङ्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा छ। इङ्ल्यान्डले पहिलो खेलमा इटालीलाई २-१ ले पराजित गरेको थियो ।

जेम्स शुक्रबार इटालीविरुद्धको खेलमा दोस्रो हाफमा मैदान छिरेका थिए ।

यसैगरी युक्रेन जितकाका साथ छनोटको सुरुआत गर्ने लक्ष्यमा छ ।

चेल्सीका रक्षक जेम्सले चोटको कारण कतार विश्वकप २०२२ पनि गुमाएका थिए ।