मेसुट ओजिल

रियालबाट आर्सनल जाँदा विमानमा रोएको थिएँः ओजिल

फाइल फोटो

काठमाडौं । भर्खरै व्यवसायिय फुटबलबाट संन्यास लिएका मेसुट ओजिलले १० वर्षअघि मड्रिडबाट लन्डन जाँदा  विमानमा रोएको खुलासा गरेका छन् ।

३४ वर्षीय ओजिलले २०१० देखि २०१३ सम्म स्पेनिस महारथी रियाल मड्रिडबाट व्यावसायिक फुटबल खेलेका थिए । सिजन २०१२/ २०१३ सकिएपछि ओजिल ४२.५ मिलियन पाउन्डमा आर्सनल पुगेका थिए ।

‘रियाल छोड्दा म धेरै दुखी थिएँ । मलाई याद छ, मड्रिडबाट लन्डन जाँदै गरेको विमानले उडान भर्दा म रोएको थिएँ । रियालमा म धेरै खुसी थिएँ, तर परिस्थिती नै त्यस्तै बन्यो कि म जान बाध्य भएँ,’ ओजिलले भने ।

आर्सनलमा ओजिलले आठ वर्ष बिताए र लिजेन्ड भएर विदा भए । सबैको प्यारो बने । ओजिलले आर्सनलका लागि दुई सय ५४ खेलमा ४४ गोल गरे । यसबीच आर्सनलले चार पटक एफए कपको उपाधि जित्यो ।