चैत्र १३, २०८२ शुक्रबार | ०५:३३:३२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अन्तर्राष्ट्रिय फुटबलबाट सुजलको संन्यास

फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका विंगर तथा पूर्व कप्तान सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

सुजलले अस्ट्रेलिया जानुअघि बिहीबार सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । सुरक्षित भबिस्यका लागि सुजल बिहीबार राति अस्ट्रेलिया प्रस्थान गर्दै छन् ।

‘आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवशर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केही खुसीका पल त केही दुखका, कतै उपाधि त कतै निराश क्षण लगायत यी सबै तिता मिठा सम्झनाहरुका साथ आज म राष्ट्रिय टोलीबाट आफ्नो संन्यास घोषणा गर्दछु,’ सुजलले लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोसका साथ निर्वाह गरे । हाल राष्ट्रिय टोलिमा रहेका र अन्य भाईहरु धेरै क्षमतावान छन् । म विश्वस्त छु कि उनीहरुले देशको झन्डा झुक्न दिने छैन । अब पालो नया पुस्ताको हो ।'

यसैगरी सुजलले संन्यासका लागि यो उपयुक्त समय भएको बताएका छन् ।

‘सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई तालीका साथ हौसला दिए । साथै मलाई विस्वास गर्दै नियमित राष्ट्रीय टोलीमा स्थान दिदै यहाँ सम्म पुराउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकहरुलाई पनि हृदय देखि नै धन्यवाद व्यक्त दिन चाहन्छु । मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो,’सुजलले भने ।

सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्णमार्फत नेपालको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । सुजलले नेपालका लागि ४५ खेलमा तीन गोल गरेका छन् । सुजलले अन्तिम खेल सन् २०२२ मा पाकिस्तानविरुद्ध खेलेका थिए ।

नेपालले २०१६ मा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपको उपाधि जित्दा सुजल टोलीका महत्वपूर्ण

घरेलु भूमीमै आयोजना भएको १३ औं सागमा सुजलको कप्तानीमा नेपालले स्वर्ण पदक जितेको थियो ।

सुजलले सन् २०११ मा टिमोर लिस्टे, सन् २०१६ मा मकाउ र सन् २०२२ मा मोरिससविरुद्ध गोल गरेका थिए । उनले सन् २०१७ नोभेम्बर ७ मा म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी गरेका थिए ।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो