वैशाख ३०, २०८२ मंगलबार | १२:१५:०५
फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी

मेरो यात्राको सुखद सुरुआत भएको छः प्रशिक्षक एनासी

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपालले ५१ औं अन्तर्राष्ट्रिय खेल खेल्यो । लाओसविरुद्द २-० को जित हासिल गर्दै नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल नजिक पुग्यो ।

लाओसविरुद्ध आज चार नेपाली खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरे । सनिश श्रेष्ठ, मणि लामा, दीपक राज सिंह ठकुरी र सुमित श्रेष्ठले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाए ।

अनन्त तामाङ र नवयुग श्रेष्ठको दुई सुन्दर गोलमा नेपालले लाओसमाथि सहज जित निकाल्यो । अनन्तले नवीन लामाको क्रसमा सुन्दर हेडर गोल गरेका थिए भने नवयुगले ३५ यार्ड टाढाबाट सनसनीपूर्ण हाफ भली गोल गरेका थिए ।

जितसँगै नेपाली राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीको युग सुरु भएको छ । खेलपछि आयोजित पत्रकार सम्मेलनमा एनासीले आफ्नो यात्राको सुखद सुरुआतत भएको बताए ।

‘हामीले दुई दिन मात्र प्रशिक्षण गर्यौं । सम्भवत हामीले राम्रो खेल्यौं । मेरो यात्राको सुखद सुरुआत भएको छ,’ प्रशिक्षक एनासीले भने ।

त्यस्तै एनासीले खेलाडीहरुले योजना अनुसार खेलेको बताए ।

‘अवश्य पनि खेलाडीहरुले रणनीति अनुसार खेले । काउन्टर अट्याकमा हामी थोरै ढिलो भयौं । तर हामीसँग यसको निवारण गर्न समय छ’, एनासीले थपे,‘अर्को खेलमा यसलाई सुधार्नेछौं । भुटानविरुद्द पाएको मौका खेरा फाल्ने छैनौं ।’

नेपालले दुई गोलबाहेक थप केही अवसरहरु सृजना गरेको थियो । तर, केही ठाउँमा अनमार्क रहेको स्थितीमा पनि खेलाडीहरु गोल गर्नबाट चुकेका थिए ।

‘आजको खेलका लागि खेलाडीहरुसँग पर्याप्त आराम गर्ने समय थिएन । लिगको पाँचौं चरण सकिए लगत्तै हामीले खेलाडीहरुलाई क्याम्पमा बोलायौं,’एनासीले भने, ‘एसियामा मेरो यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । मलाई एसियाली फुटबल बुझ्न थोरै समय लाग्नेछ । चरणबद्ध रुपमा हामी खेलमा सुधार ल्याउनेछौं ।’

खेलमा एक गोल गरेका अनन्त म्यान अफ दि म्याच चुनिए । खेलपछि अनन्तले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।

‘खेल सन्तोषजनक भएन । प्रशिक्षण समय थोरै थियो, त्यसैले पनि सोचेअनुरुप भएन । बल पोजेसनमा पनि हामी चुक्यौं,’ अनन्तले भने, ‘पक्कै पनि भुटानसँग यतिको प्रदर्शनले पुग्दैन । अग्रपंक्ति र बल पोजेसनमा सुधारको एकदमै आवश्यकता छ ।’

उता लाओसका मुख्य प्रशिक्षक माइकल वेसले नेपाली टोलीको प्रदर्शन सोचे अनुरुप नरहेको प्रतिक्रिया दिए ।

‘म नेपालको खेललाई सान्दार भन्न चाहन्न । अट्याकिङ गर्दा नेपालका खेलाडीहरु हाम्रो गल्तीको प्रतीक्षामा थिए । उनीहरु अट्याकिङमा धेरै चलाख थिए,’ प्रशिक्षक वेसले भने, ‘हामीसँग बल पोजेसन धेरै थियो । खेलाडीहरुले राम्रै खेले, त्यसैले मलाई नतिजासँग असन्तुष्टि छैन । आशा छ भुटानविरुद्ध हामीले राम्रो प्रदर्शन गर्नेछौं ।'

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP