साफ महिला यु-१७ च्याम्पियनसिप

भुटानमाथि नेपालको सहज जित

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भुटानमाथि ५-० को सहज जित निकालेको छ ।  

यससँगै पहिलो जित निकालेको नेपालले तीन अंक जोड्दा दुवै खेलमा पराजय ब्यहोरेको भुटान अंक विहिन छ । पहिलो खेलमा नेपालले भारतसँग ४-१ तथा भुटानले घरेलु टोली बंगलादेशसँग ८-१ को पराजय ब्यहोरेका थिए ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा बुधबार सम्पन्न खेलमा नेपाललाई जित दिलाउन वर्षा ओली र सेनु परियारले समान दुई तथा कप्तान दीपा रोकायले एक गोल गरे ।

खेलको १६ औं मिनेटमा वर्षाको गोलमार्फत नेपालले अग्रता लिएको थियो । ३० औं मिनेटमा दीपाले टोलीको अग्रा दोब्बार बनाइन् ।

३४ औं मिनेटमा सेनुले नेपालका लागि तेस्रो गोल गरिन् । दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै वर्षले ब्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ४-० ले अधि बढ्यो ।

 ५८ औं मिनेटमा सेनुले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपालाई ५-० को सहज जित दिलाइन् ।

आफ्नो तेस्रो खेलमा भुटानले शुक्रबार तथा नेपालले आइतबार रुसको समाना गर्नेछन् ।