स्पेनिस ला लिगा

कारास्कोमाथि बार्सिलोनाको नजर

मड्रिड । स्पेनिस क्लब बार्सिलोना ला लिगा क्लब एट्लेटिको मड्रिडका मिडफिल्डर यान्निक कारास्कोलाई अनुबन्ध गर्न इच्छुक देखिएको छ ।

बार्सिलोनाले आगामी जुलाई ट्रान्सफर विन्डोमा कारास्कोलाई अनुबन्ध गर्न चाहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बार्सिलानाले बेल्जियनका २९ वर्षीय विंगर कारास्कोलाई अुनबन्ध गर्न नौ देखि १० मिलियन युरोको प्रस्ताव गर्ने बताइएको छ ।

कारास्को र एट्लेटिकाेबीचको सम्झौता सन् २०२४ मा सकिदैछ । कारास्कोले यस सिजनका ला लिगामा एट्लेटिकोका लागि २४ खेल खेल्दै तीन गोल गरेका छन् ।

जाभीको टोलीका स्पेनिस फरवार्ड अन्सु फाती पछिल्लो समय लयमा छैनन् । उनले यस सिजनको ला लिगामा २४ खेल खेल्दै मात्र तीन गोल गर्दै तीन गोलका लागि असिस्ट पनि गरेका छन् ।

एट्लेटिकोले अन्तिम समयमा अनुबन्ध रकम बढाएपछि बार्सिलोनाले गएको जनवरी विन्डोमा कारास्कोलाई अनुबन्ध गर्न सकेको थिएन । तर, यसपटक जुलाई विन्डोमा बार्सिलोना उनलाई अनुबन्ध गर्नेमा आशाबादी देखिन्छ ।