वैशाख ३०, २०८२ मंगलबार | १२:३१:५९
फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी

भुटानी कप्तान चेन्चोलाई अनुबन्ध गर्ने मछिन्द्रको तयारी

काठमाडौँ । मछिन्द्र फुटबल क्लबले भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्ट्सेनलाई अनुबन्ध गर्ने तयारी गरेको छ। पछिल्ला दुई सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको मछिन्द्रले फिफा विश्रामपछि खेलाउने गरि चेन्चोलाई अनुुबन्धन गर्न लागेको हो।

चेन्चो प्रधानमन्त्री त्रिदेशीय कप खेल्न हाल काठमाडौँमा छन्। भुटानसँगै घरेलु टिम नेपाल र लाओस सहभागी हुने यो प्रतियोगितापछि चेन्चो काठमाडौँमै रही मछिन्द्रसँग अभ्यास सुरु गर्ने स्रोतले बतायो।

जारी सिजन खराब सुरुआत गरेको मछिन्द्र चेन्चोको आगमनसँगै बलियो बन्ने अपेक्षा छ । सुरुआती दुई खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजय भोगेको मछिन्द्रले त्यसपछि जम्मा एक खेल जितेको छ। पाँच खेल खेल्दा पाँच अंक नै बटुलेको मछिन्द्र हाल ११ औँ स्थानमा छ।

यो सिजन मछिन्द्रको अग्रपंक्तिको प्रदर्शन पनि सोचे अनुसारको हुन सकेको छैन। अफ्रिकी स्ट्राइकर ओलावाले अफिजले लिगमा दुई गोल गरेको भए पनि अर्का फरवार्ड विमल घर्ती मगर पूर्णरुपमा फिट हुन संघर्षरत छन्। त्यसमाथि टिमका केही मुख्य खेलाडी पनि विदेसीने भएपछि मछिन्द्र थप संकटमा छ। यस्तोमा मछिन्द्रले चेन्चोलाई १० हजार अमेरिकी डलर लिएर अनुबन्ध गर्न तयार भएको हो। चेन्चो लिगकै महँगा खेलाडी बन्नेछन्।  

भर्खरै सम्पन्न आई-लिगमा राउन्डग्लास पन्जाब एफसीलाई च्याम्पियन बन्दा चेन्चोले १२ खेलमा तीन गोल र पाँच असिस्ट गरेका थिए। चेन्चोले दोसो पटक आई लिग जितेका हुन्। उनी सन् २०१७÷१८ सिजनमा मिनेर्भा पन्जाबबाट च्याम्पियन बनेका थिए। व्यवस्थापन परिवर्तन भएपछि मिनेर्भा पन्जाब एफसी बनेको हो।

नेपालका कप्तान किरण कुमार लिम्बुसँग यो सिजनको भारतीय दोस्रो श्रेणीको लिग जितेका चेन्चो सन् २०१७ यता भारतीय फुटबलसँग परिचित छन्। उनले सन २०१८ मा बेंगलुरु फुटबल क्लबसँग आबद्ध भएर इन्डियन सुपर लिग (आईएसएल) जितेका थिए। 

भुटानी राजधानी थिम्पुको यिड्जिन फुटबल क्लबबाट सन् २००८ मा करियर सुरु गरेका चेन्चो २०१५ सम्म घरेलु फुटबलमै व्यस्त रहे। त्यसपछि थाइल्यान्डको बुरिराम युनाइटेडसँग आबद्ध हुँदा उनी विदेशी लिग खेल्ने पहिलो भुटानी खेलाडी बने।

उसो त मछिन्द्रले उनी थाइल्यान्ड जानुअघि नै अनुबन्ध गर्ने खबर आएको थियो। भुटानको अखबार कुइन्सेलले चेन्चोलाई अनुबन्ध गर्न चाहेको खबर छापेको थियो। थाइल्यान्डमै अरु केही क्लबसँग आबद्ध भएका उनी खेल्ने मौका नपाएपछि भुटान फर्किएका थिए। 

भुटान फर्किए पनि उनी त्यहाँ धेरै समय बस्न पाएनन्। उनी अक्टोबर, २०१६ मा बंगलादेश पुगे। त्यहाँ चित्तागोङ अबहानीसँग अनुबन्धित भएर बंगलादेशी प्रिमियर लिगमा सात खेल खेले। ती खेलमा उनले पाँच गोल गरेका थिए।

सन् २०१७ मा भुटानत फर्किएर घरेलु लिग खेलेका उनले थिम्पु सिटीका लागि १४ खेलमा २२ गोल गरे। त्यसले उनलाई लिगकै उच्च गोलकर्ता बनायो। त्यही प्रदर्शनले उनलाई अगस्ट, २०१७ मा आई–लिग पुर्याएको थियो। त्यसपछि उनी भारतीय क्लब फुटबलमै व्यस्त रहे। 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP