वैशाख ३०, २०८२ मंगलबार | १२:११:१९
फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी

फुटबल नजान्नेले मात्र वरीयताको कुरा गर्छः प्रशिक्षक एनासी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनासीले भुटान र लाओसलाई वरीयताका आधारमा कमजोर आकलन गर्नु मुर्खता रहेको बताएका छन् ।

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको अघिल्लो दिन आज (मंगलबार) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा एनासीले फुटबलमा कुनै पनि टिम कमजोर नरहने बताएका हुन् ।

‘वरीयता उसका लागि हो, जसले फुटबल जानेको छैन । विश्वकपमा  वरीयताको शीर्ष स्थानमा रहेर पनि बेल्जियम तल्लो स्थानका टिमहरुसँग पराजित हुन पुग्यो । यो फुटबल हो, जे पनि हुन सक्छ । भुटान र लाओसलाई कम आकलन गरेका छैनौं,’एनासीले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा जित्नु हो । यी खेलले साफका लागि हामीलाई निक्कै सहयोग पुर्याउनेछ ।’

प्रतियोगिताको एक दिनअघि मात्र आज एन्फाले २३ सदस्यीय टोलीको औपचारिक घोषणा गरेको छ । जुन, अन्तर्राष्ट्रिय कोडको नियम विपरित रहेको छ । यस विषयमा बोल्दै प्रशिक्षक एनासीले खेलाडीहरुलाई सुरक्षित राख्न अन्तिम टोली सार्वजनिक नगरेको प्रतिक्रिया दिए ।

‘साँच्चै भन्नुपर्दा मैले छानेका खेलाडीलाई बचाउनका लागि मैले अन्तिम टोली सार्वजनिक गर्न ढिलाइ गरेको हुँ । खेलाडीको नाम चाडैं नै सार्वजनिक गर्दा, छानिएका खेलाडीको बारेमा प्रश्न आउने गर्छ, जसले उनीहरुलाई प्रत्यक्ष असर पर्छ । हामी प्रशिक्षणमा ध्यान केन्द्रित गर्न चाहन्छु । औपचारिक घोषणा ढिला हुनुमा कुनै ठूलो कारण छैन ।’

त्यस्तै एनासीले तीन दिनको तयारी राम्रो भएको र नयाँ चुनौती सामना गर्न तयार रहेको बताए । साथै घरेलु लिगमा खेलाडीहरुको प्रदर्शनलाई प्रत्यक्ष रुपमा हेरेकाले राम्रा खेलाडीहरु छान्न पाएको बताए।

‘तयारी राम्रो छ । हामीसँग धेरै नयाँ अनुहारहरु छन् । म १८ दिनयता नेपालमै छु । लिगका दौरान ४५/४५ मिनेट छुट्टाएर प्रायः सबै खेल भ्याएको छु । त्यसैले मलाई विश्वास छ, मैले पोजेसन अनुसार राम्रा खेलाडी छानेको छु । धेरै खेलाडी चोटका कारण टोलीमा परेका छैनन् । मैले पूरा ९० मिनेट खेल्न सकेका खेलाडीलाई प्राथमिकता दिएको छु । एउटा मात्रै गुण भएकालाई भन्दा धेरै गुण भएका खेलाडीहरु टोलीमा परेका छन्,’ एनासीले भने ।

त्यस्तै एनासीले अञ्जन विष्ट पूर्ण रुपमा फिट रहेको पनि बताए ।

अञ्जन पछिल्लो केही दिनयता चोटबाट संघर्षरत छन् । त्यही कारण उनले थ्री नेसन्स कप गुमाउने अनुमान गरिएको थियो ।

कप्तान तथा गोलकिपर किरण चेम्जोङले भने प्रशिक्षण समय कम पाएता पनि चुनौतीको सामना गर्न तयार रहेको बताए ।

‘प्रशिक्षण गर्न पर्याप्त समय नपाएका कारण चुनौती छ । तर, यसको सामाना गर्न तयार छौँ । शारीरिक रुपमा खेलाडीहरु पूर्ण रुपमा फिट छन् । मात्र उनीहरुलाई मानसिक रुपमा तयार गर्नुपर्ने छ,’किरणले भने, ‘मलाई लाग्छ, लाओसको टोली एकदमै राम्रो छ । भुटानको कुरा गर्दा पनि त्यही हो, फुटबलमा धेरै सुधार गरेका छन् । अहिले नै जित्छु भन्ने भन्दा पनि राम्रो दिने कोशिश गर्छौं ।’

प्रतियोगिता चैत आठ देखि१७ गतेसम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा  हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका लागि भुटान र लाओसको टोली सोमबार नेपाल आइसकेका छन् ।

सिंगल राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर, दोस्रोले तीन हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले दुई सय ५० डलर पाउने छन् ।

प्रतियोगिताको पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराउने छ ।

नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।

नेपालले भुटानसँग अहिलेसम्म औपचारिक रूपमा १२ पल्ट खेलेको छ । यी सबैमा नेपाल विजयी रहेको छ । लाओसविरुद्ध नेपालले दुई पटक खेलेको छ, दुवै खेल बराबरीमा सकिएको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP