चैत्र ११, २०८२ बुधबार | १५:१३:१९
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न

सहिद स्मारक ‘ए’ डिभिजन लिगः मनाङ र आर्मी विजयी, पुलिसलाई पहिलो अंक

काठमाडौं । सहिद स्मार ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार पाँचौं चरणका अन्तिम तीन खेल सम्पन्न भए । 

अन्तर्राष्ट्रिय विश्रामअघिको अन्तिम खेलमा मनाङ मर्स्याङदी क्लब, विभागीय टोली  त्रिभुवन आर्मी फुटबल क्लब विजयी हुँदा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले भने बराबरी खेल्दै लिगमा पहिलो अंक जोडेको छ ।

मनाङको तेस्रो जित
मनाङले  विभागीय टोली नेपाल एपिएफ फुटबल  क्लबमाथि २-१ को पुनारागमन जित निकालेको हो ।

यस जितसँगै मनाङ पाँच खेलमा ११ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा एपिएफ समान खेलबाट सात अंक जोडेर छैटौ स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा मनाङले एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै लिगमा तेस्रो जित निकालेको हो ।

मनाङको जितमा कमल थापा र साइड्जामोल डेब्लातजोनोभले समान एक गोल गरे । एपिएफका अर्मान्ड बिडोमले एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । नविन लामाको क्रसमा बिडोमले हेडरमार्फत गोल गरेका हुन् ।

५२ औं मिनेटमा कमल थापाले गोल गर्दै मनाङलाई १-१ को बराबरीमा ल्याए । सुमित श्रेष्ठले एपिएफका बिकी तामाङलाई बिट गर्दै उपलब्ध गराएको क्रसलाई कमलले वान टचमा पोस्टको दिशा दिएका हुन् ।

७२ औं मिनेटमा उज्वेकिस्तानका विंगर डेब्लातजोनोभले डिबक्स बाहिरबाट सुन्दर गाृल गर्दै गोल गर्दै मनाङलाई २१ रोमाञ्चक को जित दिलाए ।

फ्रेन्ड्समाथि आर्मीको पुनरागमन जित

आर्मीले फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ ।

यस जितसँगै पाँच खेलमा आठ अंक जोड्दै आर्मी पाँचौं स्थानमा उक्लिँदा पराजय ब्यहोरेको फ्रेन्ड्सको समान खेलबाट चार अंकका  साथ १२ औं स्थानमा छ ।

च्यासल मैदानमा शनिबार सम्पन्न खेलको छैटौं मिनेटमा टोरिक जिब्रिनको पासलाई वान टचमै जाली चुमाउँदै रफिक अमिनुले फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए ।


२४ औं मिनेटमा दीपक गुरुङको क्रसमा हेडिङमार्फत उत्कृष्ट गोल गर्दै जिलेस्पीजङ्ग कार्कीले आर्मीलाई बराबरीमा ल्याए । इन्जुरी समयमा दीपकले गोल गर्दै आर्मीलाई २-१ को रोमाञ्चक जित दिलाए ।

पाँचौं खेलमा आएर पुलिसलाई पहिलो अंक

पुलिस क्लबले पाँचौं खेलमा आएर न्युरोड टिम (एनआरटी) सँग १-१ को बराबरी खेल्दै पहिलो अंक जोडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसले एक गोलले पछाडी परेको अवस्थालाई उल्टाउँदै बराबरी खेलेको हो ।

खेलको ६४ औं मिनेटमा दोस्रो सन्जिव विष्टले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । एनआरटी र पुलिसका खेलाडीलाई ठोकिँदै आएको बललाई पुलिसका गोलकिपर संजित श्रेष्ठले क्लियर गर्न नसक्दा सन्जिवले गोल गरेका हुन् ।


७५ औं मिनेटमा प्रताप गुरुङले गोल फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै पुलिसलाई बराबरीमा ल्याए ।


यस बराबरीसँगै पाँच खेलमा एक अंक जोडेको पुलिस पुछारमा रहँदा समान खेलबाट दुई अंकका साथ एनआरटी १३ औं स्थानमा छ ।

पुलिससँग बराबरी खेलेपछि एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यलृ खेलाडीको प्रदर्शनमा चित्त नबुझेको प्रतिक्रिया दिएमा थिए ।

'हामीलाई तीन अंकको आवश्यकता थियो । त्यसको मौका पनि पाएको हो । त्यसलाई कायम भने राख्न सकेनौं, शाक्यले भने,विदेशी खेलाडीले सोचेको जस्तो खेल्न सकेनने,’ मलाई खेलाडीको प्रदर्शन चित्त बुझेको छैन ।’

पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरेले यो अंकले खेलाडीमा हौसला मिलेको बताए ।

‘जितकै लागि खेलेका थियौं । तर एक अंक प्राप्त भयो । यसैमा पनि खुशी छौँ,’घिमिरेले भने, यो अंकले खेलाडीमा हौसला मिलेको छ । लिगमा अब केहि समय विश्राम पनि छ । हाम्रो लक्ष्य शीर्ष आठ हो । गल्तिहरुलाई यो ग्यापमा सुधार गर्छौं । हामीले आफ्नै गल्तीमा गोल खाइरहेका छौं । ’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो