माघ १७, २०८२ शनिबार | ०८:१६:३३
पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला

पुलिसलाई पहिलो अंक

काठमाडौं ।  न्युरोड टिम (एनआरटी)लाई १-१ को बराबरीमा रोक्दै विभागीय टोली नेपाल पुलिस क्लबले सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा पहिलो अंक जोडेको छ ।

यस बराबरीसँगै पाँच खेलमा एक अंक जोडेको पुलिस पुछारमा रहँदा समान खेलबाट दुई अंकका साथ एनआरटी १३ औं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय विश्रामअघिको अन्तिम खेलमा पुलिसले एक गोलले पछाडी परेको अवस्थालाई उल्टाउँदै बराबरी खेलेको हो ।

खेलको ६४ औं मिनेटमा दोस्रो सन्जिव विष्टले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । एनआरटी र पुलिसका खेलाडीलाई ठोकिँदै आएको बललाई पुलिसका गोलकिपर संजित श्रेष्ठले क्लियर गर्न नसक्दा सन्जिवले गोल गरेका हुन् ।

७५ औं मिनेटमा प्रताप गुरुङले गोल फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै पुलिसलाई बराबरीमा ल्याए ।

दुवै टोलीले पाएको केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

१८ औं मिनेटमा एनआरटीका लालनुन्जामाको सशक्त प्रहारले पोस्टको दिशा लिन सकेन । २० औं मिनेटमा निकोलस सङको क्रसमा दिपेश आले मगरको हेडर पोस्टमा लाग्दै बाहिरिदा एनआरटीले अग्रता लिने मौका गुमाएयो ।

३५ औं मिनेटमा पुलिसका हेमले पेनाल्टी क्षेत्र गरेको फितलो प्रहार एनआरटीका गोलकिपर पुजन होनाले सहजै नियन्त्रणमा लिए । ४३ औं मिनेटमा पुलिसका प्रताप गुरुङको फ्रिकिक पोस्ट भन्दा निकै माथिबाट बाहिरिएको थियो ।

पुलिस यसअघिका चारै खेलमा क्रमशः चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा, संकटा र साबिक विजेता मछिन्द्र फुटबल क्लबसँग पराजित भएको थियो ।

यसअघि सातादोबाटो युथ क्ब, जावलाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लबसँग पराजित एनआटीले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग भने बराबरी खेलेको थियो ।
 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।