चैत्र ७, २०८२ शनिबार | २०:५६:२३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पुलिसलाई पहिलो अंक

काठमाडौं ।  न्युरोड टिम (एनआरटी)लाई १-१ को बराबरीमा रोक्दै विभागीय टोली नेपाल पुलिस क्लबले सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा पहिलो अंक जोडेको छ ।

यस बराबरीसँगै पाँच खेलमा एक अंक जोडेको पुलिस पुछारमा रहँदा समान खेलबाट दुई अंकका साथ एनआरटी १३ औं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय विश्रामअघिको अन्तिम खेलमा पुलिसले एक गोलले पछाडी परेको अवस्थालाई उल्टाउँदै बराबरी खेलेको हो ।

खेलको ६४ औं मिनेटमा दोस्रो सन्जिव विष्टले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । एनआरटी र पुलिसका खेलाडीलाई ठोकिँदै आएको बललाई पुलिसका गोलकिपर संजित श्रेष्ठले क्लियर गर्न नसक्दा सन्जिवले गोल गरेका हुन् ।

७५ औं मिनेटमा प्रताप गुरुङले गोल फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै पुलिसलाई बराबरीमा ल्याए ।

दुवै टोलीले पाएको केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

१८ औं मिनेटमा एनआरटीका लालनुन्जामाको सशक्त प्रहारले पोस्टको दिशा लिन सकेन । २० औं मिनेटमा निकोलस सङको क्रसमा दिपेश आले मगरको हेडर पोस्टमा लाग्दै बाहिरिदा एनआरटीले अग्रता लिने मौका गुमाएयो ।

३५ औं मिनेटमा पुलिसका हेमले पेनाल्टी क्षेत्र गरेको फितलो प्रहार एनआरटीका गोलकिपर पुजन होनाले सहजै नियन्त्रणमा लिए । ४३ औं मिनेटमा पुलिसका प्रताप गुरुङको फ्रिकिक पोस्ट भन्दा निकै माथिबाट बाहिरिएको थियो ।

पुलिस यसअघिका चारै खेलमा क्रमशः चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा, संकटा र साबिक विजेता मछिन्द्र फुटबल क्लबसँग पराजित भएको थियो ।

यसअघि सातादोबाटो युथ क्ब, जावलाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लबसँग पराजित एनआटीले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग भने बराबरी खेलेको थियो ।
 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो