असार २६, २०८२ बिहीबार | २३:१८:३६
सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ

अञ्जन बिष्ट घाइते, थ्री नेशन्स कप गुमाउने सम्भावना

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर अञ्जन बिष्टले चोटका कारण यही चैत आठ देखि १७ गतेसम्म दशरथ रंगशालामा हुने थ्री नेशन्स कप गुमाउन सक्ने भएका छन् ।

सहिद स्मारक ए डिभिजन लिगको नवप्रवेशी टोली चर्च ब्वाइजले बुधबार संकटा क्लबसँग बराबरी नतिजा निकालेको खेल दौरान अञ्जनको अनुहारमा चोट लागेको थियो । आँखाको मुनिको भागको हड्डीमा लागेको सोही चोटका कारण चर्च ब्वाइजले शुक्रबार मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्दा अञ्जन मैदान उत्रिन सकेका थिएनन् ।

चर्च ब्वाइज क्लबका पदाधिकारीहरुले जानकारी गराएअनुसार चिकित्सकले अञ्जनको चोट निको हुन चार देखि ६ हप्ता लाग्ने बताएका छन् । त्यसो भए लाओस र भुटान समेत सम्मिलित थ्री नेशन्स कपमा नेपाल आफ्ना स्टार स्ट्राइकरविना नै मैदान उत्रिनुपर्नेछ ।

आइतबार अञ्जनको पुनः परिक्षण गरिनेछ । त्यसमा उनको चोटमा सुधार आएको देखिएको अवस्थामा भने उनले थ्री नेशन्स कपमा खेल्न सक्ने सम्भावना पनि रहने बताइएको छ । तथापि त्यसको सम्भावना निक्कै न्युन रहेको क्लबका पदाधिकारीहरुले बताएका छन् ।

नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने कीर्तिमानभन्दा अञ्जन दुई गोलले मात्र पछि छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्का र निराजन रायामाझीको नाममा सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान छ् । अञ्जनले भने अहिलेसम्म राष्ट्रिय टोलीका लागि ११ गोल गरिसकेका छन् । हालै सम्पन्न नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्ड पल्सर स्पोर्टस अवार्डमा वर्ष २०७८ को सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित अञ्जनबाट यही थ्री नेशन्स कपको दौरान सर्वाधिक अन्तर्राष्ट्रिय गोलको नयाँ कीर्तिमान अपेक्षा गरिएको थियो । 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM