कार्तिक २१, २०८२ शुक्रबार | २०:२३:५८
कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला

गोलरहित बराबरीमा रोकिए चर्च ब्वाइज र मछिन्द्र

फाइल फोटो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड र साबिक विजेता मछिन्द्र फुटबल क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।

यस बराबरीसँगै चर्च ब्वाइजले पाँच खेलमा ११ अंक जोड्दा मछिन्द्रको समान खेलबाट पाँच अंक छ ।

च्यासल मैदानमा खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खेलको ११ मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले प्रहार गरेको बल पोस्ट बारमा लाग्दै बाहिरिएको थियो ।

२७ औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले उपलब्ध गराएको पासमा आशिष चापागाईले पेनाल्टी क्षेत्रबाट बाहिर प्रहार गरे ।

खेलको ३१ औं मिनेटमा मछिन्द्रका उत्सव राईको दोस्रो बार नजिकैबाटको प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसोले जोगाए ।

खेलको ४० औं मिनेटमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठको कर्नर प्रहारमा देवेन्द्र तामाङको प्रहार क्रसबारबाट थोरैले बाहिरियो ।

४२ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि मछिन्द्र १० खेलाडीमा समेटिएको थियो । पुजनले चर्च ब्वाइजका जोसेफ बेम्पालाई कुहिनोले प्रहार गरेपछि रेफ्री नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।

५५ औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले प्रहारले पोस्टको दिशा लिन सकेन ।

सुरुआती तीन खेलमा क्रमशः नेपाल पुलिस क्लब, एफसी खुमलटार र हिमालयन शेर्पा क्लबलाई पराजित गरेको चर्च ब्वाइज चौथो खेलमा भने संकटासँग गोलरहित बराबरीमा रोकिएको थियो ।


सुरुआती दुई खेलमा क्रमशः जावलाखेल र त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजय ब्यहोरेको मछिन्द्रले तेस्रो खेलमा मनाङ मर्स्याङदी क्लबलाई गोलरहित बराबरीमा रोको थियो । चौथो खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबलाई हराएको थियो ।
 


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।