चैत्र १२, २०८२ बिहीबार | ११:३१:०३
रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित

सिल्भा घाइते, ६ साता मैदान बाहिर रहने

काठमाडौं । आइतबार इङ्लिस प्रिमियर लिग अन्तर्गत टोटनहमसँगको खेलका क्रममा घाइते भएका चेल्सीका रक्षक थियागो सिल्भा कम्तीमा पनि  ६ साता मैदान बाहिर रहने भएका छन् ।

घुँडाको चोटका कारण सिल्भा लामो समय मैदान बाहिर रहने भएका हुन् ।

टोटनहमको मैदान टोटनहम हटस्पस स्टेडियममा चेल्सी २-० ले पराजित भएको थियो । खेलमा सिल्भा २० मिनेट पनि नखेल्दै मैदानबाट बाहिरिएका थिए ।

चेल्सीले सिल्भा कहिले पूर्ण रुपमा चोटमुक्त हुने स्पस्ट नपारेको भए पनि उनी पाँच देखि ६ साता मैदान बाहिर रहने विभिन्न सञ्चार माध्यमले जनाएका छन् । 

‘आइतबार टोटनहमविरुद्ध पहिलो हाफमा घुँडाको चोटका कारण थियागोले सोमबार क्लबको प्रशिक्षणमा खुट्टाको जाँच र स्क्यान गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ,‘स्क्यानको नतिजाका आधारमा थियागोको लिगामेन्टमा समस्या  छ । सिल्भा निको नहुन्जेलसम्म मेडिकल टिमको निरिक्षणमा रहने छन्  । आशा छ उनीचाँडै नै मैदानमा फर्किनेछन् ।’

सिल्भाको चोटले ग्राहम पोर्टरको चेल्सीलाई थप गाह्रो बनाएको छ । जारी सिजन खराब लयमा रहेको चेल्सी लिग तालिकाको १० औं स्थानमा छ । चेल्सीले पछिल्लो तीन लिग खेलमा पराजय ब्यहोरेको  छ ।

सन् २०२० मा फ्रेन्च क्लब  पेरि सेन्ट  जर्मन (पिएसजी)बाट चेल्सी पुगेका ब्राजिलियन सिल्भाले इङ्लिस क्लबबाट एक सय नौ खेल खेलेका छन् । यसै महिना मात्र सिल्भाले क्लबसँग २०२३–२४ सम्म रहनेगरी सम्झौता नविकरण गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो