चैत्र १८, २०८२ बुधबार | ०९:५९:२५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

अमिषाको ह्याट्रिकमा नेपालको पहिलो जित

काठमाडौं । अमिषा कार्कीको ह्याट्रिकप्रेरित नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

नेपालले बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको हो । 


 यस जितसँगै नेपालले दुई खेलमा तीन अंक जोड्दा दुवै खेला पराजय ब्यहोरेको भुटान अंक विहिन छ । पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग ३-१ तथा भुटानले भारतसँग १२-० को हार ब्यहोरेका थिए ।

नेपालका लागि अमिषाले ह्याट्रिक पूरा गर्दा अर्को एक गोल कप्तान प्रिती राईको नाममा रह्यो ।

अमिषाले खेलको १९ औं मिनेट तथा इन्जुरी समयमा गोल गोल गरेपछि नेपालले पहिलो हाफमा २-० को अग्रता लिएको थियो ।

६१ औं मिनेटमा प्रितीले नेपालका लागि तेस्रो गोल गरिन् । ६२ औं मिनेटमा अमिषाले ह्याट्रिक पूरा गरेपछि नेपालले ४-० को जित निकाल्यो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता छ । राउण्ड रोबिन पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले अन्तिम खेलमा मंगलबार अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ ।

आइतबार नै हुने दोस्रो खेलमा घरेलु टाली बंगलादेश र भारत प्रतिस्पर्धा गर्दैछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो