चैत्र ९, २०८२ सोमबार | १०:३५:५८
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

भुटानमाथि सहज जितको लक्ष्यमा नेपाल

काठमाडौं । साफ यु २० महिला च्याम्पियनसिपको दोस्रो खेलमा आज भुटानको सामना गर्दा नेपाल सहज जितसहित शीर्ष दुईमा रहँदै फाइनल प्रवेशको सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछ ।

शुक्रबार नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । बंगलादेशविरुद्ध नेपालले निकै फितलो प्रदर्शन गरेको थियो ।

प्रतियोगितामा नेपाल, बंगलादेश,भुटान र भारतको सहभागिता रहेको छ । चार टोलीको सहभागिता रहेको प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछ । 

भारतले पहिलो खेलमा भुटानमाथि १२–० को जित निकालेको थियो । भारत र बंगलादेशको समान तीन अंक छ । आजै हुने अर्को खेलमा भारत र बंगलादेश आमने सामने हुँदैछन । 

भुटानमाथिको सहज जितले नेपालको फाइनल प्रवेशको सम्भावना कायम रहनेछ । बराबरीले भने नेपालको सम्भावना न्युन बन्नेछ । भुटानविरुद्ध अप्रत्यासित हार व्यहोरेको खण्डमा भने नेपालको यात्रा समूह चरणमा सीमित हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो